मानवसेवा आश्रमको भवन निर्माणस्थल सम्म जाने सडकका लागि वीरगन्ज महानगरद्धारा आर्थिक सहयोग




वीरगन्ज, १४ साउन । वीरगन्ज महानगरपालिकाले मानव सेवा आश्रमको भवन निर्माणस्थल सम्म जाने सडकका लागि आर्थिक सहयोग गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर १५ लक्षमनवा स्थित १८ कठ्ठा जग्गा सम्म जाने सडक नभएकोले सडक निर्माणका लागि जग्गा खरिद गर्न महानगरपालिकाले नगद २५ लाख रुपैंया सहयोग गरेको हो ।

मानव सेवा आश्रमको भवन निर्माणको लागी उपलब्ध गराइएको जग्गाको लालपूर्जा र २५ लाख रुपैंयाको चेक, नगर प्रमुख विजय सरावगीले मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

मानव सेवा आश्रमको भवन निर्माण स्थलसम्म जाने बाटोको लागि जग्गा नहुँदा आवत जावतमा समस्या भएकोले बाटोको जग्गा खरिदका लागि २५ लाख रुपैंया हस्तान्तरण गरिएको जानकारी दिदै नगर प्रमुख सरावगीले भवन निर्माण गर्नका लागि पनि छुटटै २५ लाख रुपैया बिरगंज माहानगरपालिकाबाट बजेट बिनियोजन भएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन