मालपोत कार्यालय पर्सामा कर्मचारी र लेखनदासको बदमाशीका कारण धेरैजसो जग्गाको श्रेस्ता र मोठको ठेली नै गायब




वीरगन्ज,२० साउन । कर्मचारी र लेखनदासको बदमाशीका कारण वीरगन्ज स्थित भूमिसुधार तथा मालपोत कार्यालय पर्साबाट जिल्लाका १४ वटा पालिकाका विभिन्न वडामा दर्ता रहेको जग्गाको श्रेस्ता च्यातिएको र मोठको ठेली नै गायब भएको पाइएको छ ।

पर्सामा १४ वटा पालिकामा गरी करीब ९६ वटा ठेली रहेकामा करीब ६ हजार श्रेस्ताको पन्नाको फोटो खिचेर अपडेट गर्ने क्रममा यस्तो कमजोरी भेटिएको प्राविधिकहरूले बताएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारी र लेखनदासले वीरगञ्ज महानगरको नगवा, भवानीपुर, लालपर्सा लगायत विभिन्न वडामा दर्ता रहेको जग्गाको मोठको ठेली गायब गर्नुका साथै श्रेष्ता च्याति दिएको आरोप छ ।

श्रेस्ताको फोटो खिचेर अनलाइनमा अपडेट गर्न आएको प्राविधिक टोलीले थुप्रै श्रेस्ता र केही वडाका ५० पन्ने ठेलीसमेत नभेटिएको बताएको छ ।पिज जिओकम–सिड जेभीका प्राविधिक अमरनाथ राउतले धेरै पहिलेदेखि मालपोत कार्यालय पर्सामा ठेली गायब गर्ने, श्रेस्ता च्यात्ने परम्पराका कारण थुप्रै श्रेस्ताको पन्ना नभेटिएको बताउनुभयो ।

भुमाफियाहरुसंग मिलेर कर्मचारी र लेखनदासहरुले जथाभावी जग्गाको श्रेस्ताको ठेली कार्यालयमा पसेर गायब गर्ने र चातिदिने गरेका छन् ।तर कर्मचारीहरूले लेखनदासको बदमाशीले श्रेस्ता च्यातिने आरोप लगाएका छन् भने लेखदासहरूले कर्मचारीहरू माथि आरोप लगाउने गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान