मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज हर्षोल्लासपूर्वक मनाइँदै



वीरगन्ज, ६ साउन ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।वीरगन्जको लाठगल्ली , छपकैया , मुर्ली , गण्डक , बहुअरीका साथै पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका मस्जिद र इदगाहमा आज मुस्लिम धर्मावलम्बीले भेला भएर नमाज पढ्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । कोरोना महामाीका कारण गत वर्ष जस्तै यसपाली पनि बकर इदमा मस्जिद र इदगाहमा पहिलेका वर्षाको जस्तो त्यति धेरै भिडभाड नभएको हाम्रा सहकर्मीहरुले बताएका छन् । राष्ट्रिय मुस्लिम आयोगले पनि कोरोनाको जोखिम कायमै रहेकाले घरमै बसेर सुरक्षितरुपमा बकर इद पर्ब मनाउन आग्रह गरेको थियो ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।यस्तै, बकर इदको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताउनु भएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उहाँको भनाइ छ । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत देउवाले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुस्लीम धार्मावलम्बीहरुको पर्व बकर इदको शुभकामना दिनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु
तरकारीका लागि पकेट क्षेत्र रहेको सिम्रौनगढमा आलुको बिऊ महंगो हुँदा कृषकहरु मारमा
वीरगन्जमा स्थापना गरिएको भेजपुरी प्रतिष्ठानको कार्यालय आज देखि सन्चालनमा