यात्रुहरुको सेवा सुविधाका लागि वीरगन्ज पथलैया रुटमा नयाँ सिटिराइड बस सन्चालनमा



जेठ ५ वीरगन्ज पथलैया रुटमा देखि पहिलेको भन्दा बढि सिट क्षमताका नयाँ सिटिराइड बसहरु सन्चालनमा ल्याइएको छ । नारायणी यातायात व्यवासायी संघ मातहत रहेको सिटि राइड बस व्यवस्थापन उपसमितिले वीरगन्ज पथलैया रुटमा शुक्रबार देखि २८ सिट क्षमताका ६ चक्के १२ वटा सिटि राइड बसहरु सन्चालनमा ल्याएको हो । वीरगन्जको घण्टाघर चोकमा शुक्रबार बिहान नारायणी यातायात व्यवासायी संघका अध्यक्ष बद्रि चौलागाइले नयँँ बसहरुको उद्घाटन गर्नु भएको हो । वीरगन्ज पथलैया रुटमा यसअघि १७ सिट क्षमाताका चार चक्के ३१ वटा सिटिराइडहरु १२ वर्ष देखि सन्चालनमा रहेको भन्दै सिटि राइड बस व्यवस्थापन उपसमितिका संयोजक वीरेन्द्र पटेलले यात्रुहरुको सुविधाका लागि शुक्रबार देखि बढि सिट क्षमताका नयाँ सिटिराइड बसहरु सन्चालनमा ल्याइएको बताउनु भयो । उदघाटन कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रविन्द्र भट्ट , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , नारायणी यातायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धर , सन्राइज बैंकका प्रबन्ध सुजन पौडेल , ट्रान्सपोर्ट एशोसियसनका अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान