युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो




एजेन्सी,२० साउन । संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने जाने यी मुलुकका लागि प्रतिबन्ध लगाइएको थियो ।

यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटीले ट्वीटमार्फत जारी दिइएको सन्देशमा यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने भनिएको छ ।

यद्यपि युएइ प्रवेश गर्नेले कोभिड विरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने छ । मुलुकमा कार्यरत चिकित्सक, नर्स र खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीका कारण युएई हुदै यात्रा गर्न केही महिना यता अस्थायी रोक लगाइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो