रकम लिएर नक्कली लाइसेन्स बनाउने दुइ जना बीरगंजबाट पक्राउ



साउन ६ बीरगंज
वीरगन्जमा रहेको नारायणी यातायात व्यवस्था कार्यालयमा रकम लिएर नक्कली लाइसेन्स बनाउने गिरोहमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । नक्कली लाइसेन्स बनाउने गिरोहमा संलग्न भारत रक्सौलको जोगीयाही गाँउ निवासी दिपक ठाकुर र वीरगन्ज १४ का उमेश चौधरीलाइ प्रहरीले ,नक्कली लाइसेन्स बनाउदै गरेको अवस्थामा रङगे हात पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको लाईसेन्स ४ थान, होलोग्राम स्टीकर ६ थान, मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटोहरु ३८ थान, राजश्व तिरेको रसिद ५ थान, टाईप गरेको तयार कार्ड १ थान, टाईप गरेको कार्ड २ थान, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी ४ थान, प्रवेश पत्रको फाटोकपी ४ प्रति लगायतको सामान पनि बरामद गरेको छ । पक्राउ परेका मध्ये भारतीय नागरिक दिपक ठाकुर , आर्थीक वर्ष २०६६÷०६७ सालमा जिल्ला प्रहरी कार्यालय पर्साबाटै सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परी एक वर्ष कैद भुक्तानी गरी छुटेका थिए । नक्कली लाईसेन्स बनाउने गिरोहमा अन्य व्यक्तीहरु पनि संलग्न रहेको खुल्न आएकाले अहिले पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन