रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव




वीरगन्ज,१७ साउन ।रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएको छ । कोरोना संक्रमणको दोश्रो लहरमा निषेधाज्ञा लागू भएपछि रक्तदान कार्यक्रम प्रभावित भएको र अहिले निषेधाज्ञा जारी रहेपनि विद्यालय बाहेक सबैक्षेत्र खुला भएर अस्पतालहरु पूर्णरूपमा सञ्चालनमा आएकोले रगतको माग बढेर अभाव भएको हो ।

रक्तदान कार्यक्रमको आयोजना पनि कम भएकोले रगत अभाव भएको केन्द्रका प्रमुख उदयराज शर्माले बताउनुभयो । अहिले दैनिक ५० पिन्टभन्दा बढी रगतको माग रहेकोमा त्यस अनुसार रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुन गएको उहाँले बताउनुभयो । निषेधाज्ञाको शुरुवातमा पनि रगतको अभाव भएको थियो ।

तर, त्यतिखेर कोभिडको कारण बिरामी भर्ना र अप्रेशनको काम कम भएकोले अभावको खासै अनुभूति नभएपनि अहिले सबै अस्पताल सञ्चालनमा आएपछि सुत्केरी, घाइते, शल्यक्रिया गरिएका बिरामीहरूमा रगतको माग बढेको प्रमुख शर्माको भनाई छ ।

रक्तसञ्चार केन्द्रमा रगत सञ्चय हुन्जेल कुनै पनि बिरामीलाई रगत उपलब्ध नगराई फिर्ता नगरिएको भएपनि अहिले अभाव भएको बेला फिर्ता गर्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो । रगतदान कार्यक्रमको संवेदनशीलता बुझेर पर्सा, बारा, रौतहट र सर्लाहीमा क्रियाशील सङ्घ, संस्थाहरूलाई रक्तदान कार्यक्रम आयोजना गर्न केन्द्र प्रमुख शर्माले आग्रह गर्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान