रक्सौलको विद्यालयमा बन्दुकधारीहरुद्धारा एके ४७ राइफलबाट चलाइएको गोली लागेर ३ घाइते



Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2015-01-27 20:43:59Z | |

असार १९ वीरगन्जको सीमावर्ती भारतीय व्यपारिक शहर रक्सौल स्थित एक विद्यालयमा सोमबार बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाउदा तीन जना गम्भिर घाइते भएका छन् । रक्सौलको लक्ष्मीपुर स्थित मन्सामाइ मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा सोमबार बिहान १० बजे तिर मुखमा मास्क लगाएर प्रवेश गरेका अपरिचत चार जना बन्दुकधारीहरुले एके ४७ राइफलबाट अन्धाधुन्द गोली चलाउदा विद्यालयको बसका चालकद्वय विक्रम कुमार र रामायण प्रसाद कुर्मी तथा सुरक्षा गार्ड ध्रुब साह गम्भिर घाइते भएका हुन् ।घाइते तीनै जनाको रक्सौल स्थित डंकन अस्पतालमा उपचार हुन नसकेपछि उनिहरुलाइ थप उपचारका लागि वीरगन्जको नेशनल मेकिडल कलेजमा ल्याइएको छ । दुइ वटा मोटरसाइकलमा सवार भइ आएका चार जना बन्दुकधारीहरुले विद्यालय परिसरमा प्रवेश गरे लगत्तै अन्धाधुन्द गोली चलाएका थिए । कक्षा कोठामा विद्यार्थीहरु पढि रहेकै बेला बन्दुकधारीहरुले विद्यालय परिसरमा मात्र गोली चलाएका कारण विधार्थीहरु भने सकुशल रहेको रक्सौल प्रहरीले जनाएको छ । दुइ वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले विद्यालयको मुल प्रवेशद्धारबाट भित्र प्रवेश गरे लगत्तै स्वचालित राइफलबाट अन्धाधुन्द गोली चलाएको रक्सौल पुलिस थानाका डिएसपी राकेश कुमारले बताउनु भयो ।गोली चलाए लगत्तै बन्दुकधारीहरु फेरि मोटरसाइकलमा सवार भएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चलाउनेहरुको परिचय खुल्न नसकेको र उनिहरुको खोजी भइरहेको डिएसपी राकेश कुमारले बताउनु भयो । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ , उहाले भन्नु भयो , शहरका सबै नाका सिल गरेर चेकजाँच भइरहेको छ । रक्सौल र आसपासका क्षेत्रमा रंगदारी टेक्स असुल्दै आएको समुहले विद्यालय प्रशासनसंग रंगदारी मागेको तर रकम नपाएपछि उक्त समुहले विद्यालय प्रशासनलाइ धम्क्याउनका लागि गोली चलाएको श्रोतले जनाएको छ । क्याम्ब्रिज पब्लिक स्कुलमा करिब पाच हजार विधार्थीहरु अध्ययनरत रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान