राजपाकोे जिल्ला सदरमुकामहरुमा दुइ घण्टा चक्काजाम



जेठ २५ पुर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टी नेपालले तराइ मधेसका जिल्ला सदरमुकामहरुमा बिहीबार दुइ घण्टा चक्काजाम गरेको छ । वीरगन्जको गण्डक चोकमा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले दिउँसो दुइ घण्टा चक्काजाम गरेको नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनु भयो । चक्का जाम कार्यक्रममा राष्ट्रिय जनता पार्टीका स्थानीय नेताहरु विनेश पटेल , विष्णु पटेल , महबुब आलम , सम्शेद अन्सारी लगायतको सहभागीता रहेको थियो । यस्तै बाराको परवानीपुर , नीतनपुर, बरियारपुर तेलकुववा र जितपुरमा पनि राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले दुइ घण्टा चक्कजाम गरेका थिए । त्यस्तै बाराको कलैयामा पनि राष्ट्रिय जनता पार्टीले आज चक्काजाम गरेका छन् । कलैयाको भरत चोकमा राजपाका नेता कार्यकर्ताहरुले टायर बालेर दिउँसो १ देखि ३ बजे सम्म चक्काजाम गरेका हुन्ु । चक्काजाम कार्यक्रममा राजपा बाराका अध्यक्ष मण्डलका संयोजक नवलकिशोर सिंह , नेताहरु सन्तोष पटेल ,धर्मेन्द्र यादव,मेघु जैसवाल ,रामबाबु साह,जयप्रकाश साह,अरुण सिंह लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित