राजपाको बन्दले जनजिवन प्रभावित, पर्सा बारा साथै ग्रामीण भेगमा कार्यकर्ताहरु प्रदर्शनमा



जेठ ३० आन्दोलनमा रहेको राष्टिय जनता पार्टी नेपालले मंगलबार देखि चार दिन सम्म मधेस , थरुहट र लिम्बुवान बन्द्यको आह्वान गरेको छ । संविधान संशोधन , स्थनीय तहको संख्या थप , मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले जबरजस्ति चुनाव गर्न खोजेको भन्दै राष्टिय जनता पार्टीले मंगलबार देखि असार २ गते सम्मका लागि मधेस , थरुहट र लिम्बुवान क्ष्ेत्र बन्दको आह्वान गरेको हो । बन्दलाइ सफल पार्नका लागि पर्सा र बाराका सदरमुकामका साथै ग्रामीण भेगका विभिन्न स्थानमा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएकोहाम्रा सहकर्मीहरुले जनाएका छन् । वीरगन्जको घण्टाघर चोक , आदर्शनगर , पावरहाउस चोक , गण्डक चोक , पोखरीया ,पकहा चौक,भिस्वा,जानकीटोला , बाराको कलैया , परवानीपुर,जितपुर,नितनपुर ,गण्डक बहुवरी,प्रस्टोका,प्रसौनी लगायतका स्थानमा राष्टिय जनता पार्टीका नेता कार्यकर्ताहरुले बिहानै देखि टायर बालेर प्रदर्शन गरिरहेको राजपाका विधार्थी नेता संतोष यादवले बताउनुभयो ।यसैबीच मंगलबारदेखि आहवान गरिएको चारदिने मधेश बन्दलाई सफल पार्न पर्साका ग्रामिण क्षेत्रबाट पनि राजपाका कार्याकर्ताहरुले स्वतफुर्त रुपमा प्रदर्शनमा उत्रिएका छन । पर्साको विरगंज पकहा सडकखण्ड अन्तरगत झौवामा राजपाका स्थानिय नेता श्रीलाल मोदीको नेतृत्व तथा पकहामैनपुर गाउपालिकाको पकहा चौकमा उपेन्द्र सहनीको नेतृत्वमा टायर बालेर प्रदर्शन गर्नुका साथै उक्त सडकखण्ड भएर चल्ने यातायात समेत बन्द गराएका छन ।यसैगरि राष्ट्रिय जनता पार्टीले मंगलबार मुलुकका विभिन्न स्थानमा बन्द आव्हान गरेको छ । आफना माग पुरा नभएको भन्दै आन्दोलन घोषणा गरेको राजपाले मंगलबार तराइ मधेस र पूर्वका पहाडी जिल्लामा बन्द आव्हान गरेको छ । बन्दका कारण तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । तराइ क्षेत्रमा बजार पसल, शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारीसाधन विहानैदेखि बन्द रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, आन्दोलनका क्रममा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग राखेको छ । सहमतिको संकेत नदेखेपछि आन्दोलन सशक्त बनाउन लागेको सो पार्टीका नेता अनिल कुमार झाले बताउनुभयो । राजपाले दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्ने उदेश्य सहित आमहडताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उता आमहड्तालको प्रभाव मंगलबार विहानैदेखि विराटनगरमा पनि परेको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना पूर्णरुपमा ठप्प छन् । विहानैदेखि विराटनगरको चौकचौकमा निस्किएका बन्दकर्ता पसल र सवारी साधन बन्द गराउँदै हिडिरहेका छन् । ठूला तथा साना सवारी साधन र सिटी सफारी चल्न सकेका छैनन् । सडकमा सञ्चालन भएका सवारी साधनलाई बन्द उल्लङ्घन गरेको भन्दै बन्दकर्ताहरुले अवरोध गरिरहेका छन् ।राजपा मोरङका नेता मोहम्मद कादिरले प्रेसका सवारी साधन, एम्बुलेन्स, मोटरसाइकल, कुटनैतिक नियोगका सवारी साधन, फोहोर उठाउने गाडी, दूध र तरकारीका गाडीलाई भने कुनै अवरोध नगरिएको बताउनुभयो । उहाँका अनुसार विहानैदेखि विराटनगरमा प्रदर्शन पनि भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान