राष्ट्रिय जनता पाटीको बृहत मोटरसाइकल रयाली



जेठ १ राष्ट्रिय जनता पार्टीले सोमबार बृहत मोटरसाइकल रयाली निकालेको छ । संसदमा पेश गरिएको संविधान संशोधन प्रस्ताव जेठ ४ गते पारित गर्न सकार र सत्तारुढ दलहरुलाइ दबाब दिनका लागि राष्ट्रिय जनता पार्टीले आज मोटरसाइकल रयाली निकालेको हो । वीरगन्जको घण्टाघर चोकबाट निस्किएको मोटरसाइकल रयाली रानीघाट, ड्राइपोर्ट , पोखरीया , हरिहरपुर ,धोबीनी हुदै पाच वटै निर्वाचन क्षेत्रको परिक्रमा पछि फेरि वीरगन्जमै फर्किएर समापन हुने बताइएको छ ।राष्ट्रिय जनता पार्टी पर्साका संयोजक पुरुषोत्तम झाको नेतृत्वमा निकालिएको मोटरसाइकल रयालीमा नेताहरु लक्ष्मणलाल कर्ण , विमल श्रीवास्तव , शीव पटेल ,रमेश कुर्मी , राजेशमान सिंह , सुरेन्द्र कुर्मी ,प्रेमबाबु पटेल , रेखा साह , मुन्नी श्रीवास्तव , मालती कुशवाहा , ओम प्रकाश सर्राफ, इश्वरचन्द्र यादव लगायतको सहभागीता रहेको छ ।राष्ट्रिय जनता पार्टीले पर्साको हरिहरपुरमा यही जेठ सात गते बृहत आमसभा पनि गर्ने जनाएको छ । सात गतेको आमसभालाइ राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महत्तो ,महेन्द्र राय यादव र शरद सिंह भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा नेता ओम प्रकाश सर्राफले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान