राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित



राजविराज, ७ भाद्र ।
लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् ।
कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद , रामस्वरुप , हरिबोध , रामानन्द , कुशेश्वर, भुवनेश्वर , सन्तोश , महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो । अझै घर आँगनमा दुई÷तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भन्नुभयो “ खाद्यान्न पनि सकिन लाग्यो । के खाएर छाक टार्ने रु” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारीदिनुभयो ।
बिग्रियो पीसीआर मेसिन
तीनहप्तादेखि ठप्प रहेकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुरुआत हुन सकेको छैन । गत साउनको दोस्रो हप्तादेखि सो पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको छ ।कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ ।

अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारीदिँदै मरमतको प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताउनुभयो ।

मलेसियामा कोरोनाबाट नेपालीको मृत्यु
कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि सङ्क्रमति भएका बताइएको छ । उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी –८ तोपाका कौशलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए ।
रासस


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो