रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको पाँचौ पदस्थापन समारोह सम्पन्न




वीरगन्ज, १७ साउन । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको पाँचौ पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरस्थित होटल पुजनमा भएको कार्यक्रममा वर्ष २०२१÷२२ का अध्यक्ष आलोक रन्जन कर्ण तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

रोटेरियन शशि रंजन कलवारले क्लबका अध्यक्ष कर्णको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष कर्णले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

क्लबका उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा दिपु बर्णवाल, सह सचिवमा अंशुल अग्रवाल, कोषाध्यक्षमा निखिल गुप्ता, सह कोषाध्यक्षमा निश्चल प्रजापती, सदस्यमा सुधिर प्रजापती, आनन्द साह, प्रबिन माली, राहुल साह, विकास साह कानु लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यस्तै, क्लबको सर्भिस डाइरेक्टरमा मधु प्रजापती, कम्युनिटी सर्भिस डाइरेक्टरमा रोहित गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा मेघा दाधिच, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा मुकेश साह, सर्जेन्ट एट आमर्स पल्लव ठाकुर रहेका छन् । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कर्णले वर्ष २०२१÷०२२ मा रोट्रयाक्ट क्लब वीरगंज मेट्रोपोलिसले रचनात्मक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन