लायन्स क्लव अफ वीरगन्ज द्वारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई सम्मान



वीरगन्ज, ७ साउन । लायन्स क्लव अफ वीरगन्ज आदर्शनगरले वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ ।होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

सम्मान गर्दै क्लबका अध्यक्ष खेतानले सङ्घका वरिष्ठ उपाध्यक्ष रहेका बखत महासङ्घको सदस्यमा निर्वाचित हुनु भएका गुप्ताले आफ्नो व्यक्तित्वलाई निरन्तर उँचाईमा पु¥याई रहनु भएको बताउनु भयो । लायन्स क्लबसँग आबद्ध सम्मानित हुने अध्यक्ष र कार्यसमिति सदस्य वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा निर्वाचित हुनु भएकोमा धेरै खुशीको कुरा रहेको बताउनु भयो ।

साथै सोही कार्यक्रममा क्लबका अध्यक्ष संजय खेतानले आफ्नो कार्यकालमा हाल सम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको इतिहासमा सङ्घको अध्यक्ष नभई केन्द्रमा चुनाव जित्ने आपूm पहिलो व्यक्ति रहेको बताउनुभयो ।साथै, आपूm चुनावमा जितेका अहम् भूमिका लायन्स क्लबको रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई बधाई समेत दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि