लेनदेनको विबादमा वीरगन्जमा एक युवकको हत्या



साउन ५ बीरगंज
वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ ।बरवा गाँउका रामसुरत साहका २५ वर्षिय छोरा सत्रुधन साह कानुको बुधबार राति हत्या भएको हो । तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा बुधबार राति बरवाकै पाच जनाले सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् । सन्जय चौरसीया , काजी चौरसीया , रामेश्वर चौरसीया , मन्टु चौरसीया र काजी प्रसाद चौसीयाले सत्रुधनलाइ बुधबार बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लागी कुटपिट गरि घाटी थिचेर हत्या गरेको मृतक सत्रुधनका परिवारजनले बताएका छन् । सापटीमा लिएको ७० हजार रुपैयाको लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भिर घाइते भएका सत्रुधनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहीले जनाएको छ । बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुधन मरेको ठानेर पाँचै जना युवकहरु त्यहाबाट हिडेपछि सत्रुधनले माबोइलबाट फोन गरेर घरममा रहेकी आफनी श्रीमतिलाइ घटना बारे जानकारी गराएपछि उनका परिवारका सदस्यले प्रहरीलाइ खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुरयाएपछि उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको प्रहरीले जनाएकोछ । हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । मृतक सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । हत्यामा संलग्न रहेको भनेर आरोप लागेका मध्ये अरु तीन जना युवकहरु भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाहरुको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन