लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन



वीरगन्ज,१२असोज । प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन हुनुभएको छ । सर्वसहमति हुन नसकेपछि गएराती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित हुनु भएको हो ।

प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा सदस्यहरु छन् । निर्वाचनबाट सोनल ९ मत ल्याएर निर्वाचित हुनुभएको छ । भने प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याउनु भएको छ । त्यस्तै एक मत बदर भएको छ ।

यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै हुनुहुन्थ्यो । दलको नेता छनौट गर्न अस्ति आइतबार दिउँसोदेखि जनकपुरको सिटी स्टार होटेलमा अध्यक्ष महन्त ठाकुर, बरिस्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झासहितको शिर्ष नेतृत्वको उपस्थितिमा बैठक चलेको थियो । बैठकले संसदीय दलको विधान पारित समेत गरेको छ ।

सर्वसहमतिबाट चयन नभएपछि सोही विधान अनुसार निर्वाचन गरि दलका नेता चयन गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने
आफू बिरुद्ध षडयन्त्र भइरहेको प्रदेश २ का मुख्यमंत्री राउतको जिकिर
मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन  प्रन्या जबरा
लोसपा आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन, नेता राजेन्द्र महतो