विरगंजकोे क्यासिनोमा दुई पक्ष बीच झगडा हुदा तीन जना घाइते



चैत्र १९ विरगंजको होटल भिष्वामा रहेको क्यासिनोमा शुक्रबार राति दुई पक्ष बीच विवाद भइ झगडा हुदा तीन जना घाइते भएका छन् । क्यासिनोमा शुक्रबार राति साढे १ बजे दुई पक्ष बीच विवाद भइ कुटाकुट हुदा झापा विर्तामोड नगरपालिका वडा नम्बर ७ का सजल जंग बस्नेत सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइतेहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।कुटपिटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्दकुमार साहले जानकारी दिनभयो । समूहले होटल भिष्वामा हिजो कोठा बुक गरेका सिप्रदी समूह र मारवाडी समूह बीच विवाद भइ कुटाकुट भएको प्रहरीले जनाएको छ । होटलमा मदिरा सेवन गरेका दुई समूह बीच भएको झगडामा होटलका सबै गमलाहरु फुटेर नष्ट भएका छन् । भिस्वाा होटलमा क्यासिनोकै कारण सधैं जसो झगडा हुने गरेको स्थानीयवासीले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड