विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ



विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ । दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेपनि पछिल्लो समय त्यो सुस्त भएको छ । तैपनि नेपालले भारत र पाकिस्तानभन्दा कम भोकमरी भएको देशमै उभ्याउन सकेको छ ।

नेपालले १९.१ अंक प्राप्त गर्दै ७६औं स्थान बनाएको छ । प्रतिवेदनमा नेपालको ४.८ प्रतिशत जनसंख्या अपर्याप्त खानाले समस्यामा छ । ३१.५ प्रतिशत ५ वर्ष मुनीका बालबालिकाको वृद्धिदर कम छ । १२ प्रतिशत ५ वर्ष मुनीका बालबालिका ख्याउटे छन् । ३.१ प्रतिशत बालबालिको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । नेपाल भोकमरीको सूचांकमा भारतभन्दा राम्रो स्थितिमा रहेको छ ।

भारत गत वर्ष ९४औं स्थानमा रहेकोमा यस वर्ष ७ स्थान खस्किएर १०१औं स्थानमा पुगेको छ । ११६ देशको भोकमरीको अवस्थाबारे तयार पारिएको सुचांकमा भारतको स्थिति खस्किएपछि गम्भीर बहस हुन थालेको छ । ग्लोबल हंगर इन्डेक्स ४ वटा सूचांकका आधारमा तयार गरिएको प्रतिवेदन हो । जसमा अपर्याप्त भोजन, कुपोषण, बालबालिको वृद्धि दर, बाल मृत्युदर छन् ।

दक्षिण एशियामा बँगलादेश नेपाल समान ७६औं स्थानमा छ । पाकिस्तान ९२ औं स्थानमा छ । भारत र पाकिस्तानभन्दा नेपालमा कम भोकमरी रहेको प्रतिवेदनले देखाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
उदाउँदै गरेको सूर्यलाई आज बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकियो
चाडवाड बढेसँगै वीरगन्ज भन्सारबाट हलुका सवारी साधनको आयात बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला