आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ



वीरगन्ज,१३ असोज ।आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ ।

विश्व मुटु दिवसको अवसमा आज वीरगन्जमा पनि जनचेतनामूलक ¥याली निकालिएको छ । चिकित्सक, स्वास्थ्यकर्मीहरु सहितको टोलीले आज वीरगन्जको घण्टाघरबाट निकालेको ¥याली मुख्य सडकको माईस्थान, आदर्शनगर हुदै नारायणी अस्पतालमा पुगेर कोणसभाको आयोजना गरी समापन गरिएको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको जनस्वास्थ्य प्रर्वद्धनशाखाले आयोजना गरेको ¥यालीमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको पनि सहभागिता रहेको थियो । ¥यालीसँगै पुग्नु भएका नगर प्रमुख सरावगीले कोणसभामा बोल्दै मुटु रोगको विषयमा अझ बढी जनचेतना फैलान आवश्यकता औंल्याउनुभयो ।

उहाँले आधुनिक समाजमा खानपान र जीवनशैलीकै कारणले मुटुको समस्या धेरैमा देखिएको हुँदा स्वस्थ मुटुका लागि जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मुटु रोग विशेषज्ञ डाक्टर राधा भट्टराई, डाक्टर अभिषेक अर्याल लगायत विभिन्न अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरुको सभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा कोरोना ६० प्रतिशतले घट्यो, उपत्यकामा पहिलो मात्रा ८१ र पूर्णमात्रा ७४ प्रतिशतले लगाइए
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने