वीरगंजको विकासका लागि एमाले घोषणापत्र जारीे



भाद्र २७ बीरगंज नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वीरगंज महानगरपालिकाको विकासको लागि एमालेले जारी गरेको घोषणापत्र अक्षरसः पालना हुने दावी गर्नु भएको छ ।वीरगन्जमा मंगलबार एमाले पर्साद्वारा आयोजित वीरगंज महानगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेका उम्मेदवारहरूले कुनै किसिमको भ्रष्टाचार नगर्ने र भ्रष्टाचारलाई प्राथमिकता पनि नदिने दावी बताउनु भयो । उहाले भ्रष्टाचार भएको सङकेत मात्र पाएको खण्डमा पनि एमालेले त्यस्ता व्यक्तिलाई कारबाई गर्न कुनै कसर बाकी नराख्ने चेतावनी दिनु भयो । एमाले महासचिव पोखरेलले वीरगंजको विकासको लागि एमालेले तयार पारेको खाका बमोजिम आगामी दिनमा एमाले विजयी भएपछि त्यसलाई पूरा गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भयो । उहाले मधेसमा एमालेका विरूद्ध जेजस्तो भ्रमको खेती गरिए पनि तेश्रो चरणको स्थानीय तहको चुनावमा एमालेले ती सबै भ्रमहरूलाई चिर्ने बताउनु भयो । उहाले तेस्रो चरणको निर्वाचनमा पनि एमाले प्रति जनलहर देखिएको दावी गर्नु भयो । सार्वजनिक गरिएको ९ पृष्ठको प्रतिबद्धतापत्रमा वीरगंजको विकासको लागि शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, पूर्वाधार विकास, सरसफाइ, सामाजिक सुरक्षा, खेलकुद लगायतको विषयमा एमालेको प्रतिनिधि विजयी भएको खण्डमा गर्ने कामहरूको प्रतिबद्धता जाहेर गरिएको छ । प्रतिबद्धता सार्वजनिकीकरण कार्यक्रममा वीरगंज महानगरबाट एमालेका उम्मेदवार बसरूद्दीन अन्सारीले वीरगंजको विकासमा कुनै कसर बाकी नराख्ने भन्दै विकासकै लागि आप्mनो उम्मेदवारी भएको बताउनु भयो ।एमालेका प्रदेश नंबर २ का सहसंयोजक सांसद नागेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका इन्चार्ज रामचन्द्र साह, सांसद विचारी यादव, पर्सा संयोजक प्रभु हजरा, पूर्व संयोजक चिरञ्जीवी आचार्य, उपमेयरको उम्मेदवार सोफिया आचार्य लगायतको उपस्थिति थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड