वीरगञ्जमा रगतका अभाव भएपछि संघीय समाजवादी युवा फोरम नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना



साउन ४ रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको चरम अभाव भएपछि संघीय समाजवादी युवा फोरम नेपालले बुधबार आकास्मिक रक्तदान कार्यक्रम गरेको छ । वीरगन्जको घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित ६२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा जलसुदिन शेख, लखनलाल गुप्ता, फिरोज हवारी, तुफान अंसारी, शेख इन्जमामुल मिया, बिजयराम यादव विशाल कुमार सर्राफ प्रभुसाह कानु, शम्भु प्रसाद गुप्ता,महताब आलम, राजन पटेल,दिप कुमार कर्ण,सोहन लामा राजेन्द्र यादव लगायत रहेका छन् । कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्घाटन गर्नुभएको थियो । गर्मीको बेला रगतको माग बढ्ने तर रक्तदाताहरु रगत दिन नआउने भएकोले आवश्यक्ता अनुसार रगत व्यवस्थापन गर्न गाह्रो हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत उदयराज शर्माले बताउनुभयो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अधयक्ष प्रदीप यादवले राजनैतिक अधिकारको आन्दोलनसंगै विकास निर्माण र समाज सेवाका कार्यमा स्थानिय जनताको काधंमा काधं मिलाएर अघि बढ्न युवाहरुलाई सुझाव दिनुभयो । फोरम नेपालका प्रदेश कोषाध्यक्ष विजय सरावगीले युवाहरु सामाजिक सेवा कार्यमा सक्रिय हुनु सकारात्मक कुरा भएको बताउनुभयो । युवा फोरम नेपालका पर्सा अध्यक्ष शेख जलसुद्दीनको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड