वीरगञ्जमा रगतको अभाव आकस्मिक रक्तदान कार्यक्रम गराउन रक्तसञ्चार केन्द्रको आग्रह



जेठ २६ रक्तसञ्चार केन्द्र वीरगञ्जमा पछिल्लो समयमा लगातार रगतको अभाव भईरहेको छ । गर्मी बढेका कारण पछिल्लो समयमा रक्तदान कार्यक्रममा कमी आएकोले रगतको अभाव भएको हो । केन्द्रमा अहिले ओ ग्रुप बाहेक अन्य समूहको रगतको अभाव रहेको केन्द्रका प्रमुख प्रविण मानन्धरले जानकारी दिनुभयो । दैनिक ३०÷३५ पिन्ट रगतको माग हुने गरकोेमा रक्तदान कार्यक्रमहरुमा कमी आएकोले माग पुरा गर्न समस्या भईरहेको उहाँले बताउनुभयो । विरामीका लागि अत्यावश्यक पर्ने रगत समयमै उपलब्ध गराउन नसकेको अवस्थामा ज्यान पनि जान सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले रक्तसञ्चार केन्द्रमा भईरहेको रगतको अभावलाई पूर्ति गर्नका लागि विभिन्न संघ संस्थाहरुलाई केन्द्रसँग समन्वय गरेर आकस्मिक रक्तदान कार्यक्रम गराउन रक्तसञ्चार केन्द्रका प्रमुख मानन्धरले आग्रह गर्नुभयो । रक्तदान गर्न चाहने व्यक्तिहरुले रक्तसञ्चार केन्द्रमै गएर पनि रक्तादान गर्न सक्नेछन् । नेपाल रेडक्रस सोसाईटी पर्साका सहायक राजन श्रीवास्तवले रगतको आवश्यकता जो कोहिलाई जुनसुकै समयमा पर्ने भएकोले रक्तदान गरेर अरुको जीवन बचाउन आग्रह गर्नुभयो ।
यसैबीच रगतको अभाव पूर्ति गर्न शुक्रबार वीरगञ्जमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज युवा समाजको समन्वयमा सान नर्सिङ क्याम्पस काठमाण्डु, ओएसिन मेडिकल कलेज भरतपुरका शिक्षिका र स्टाफ नर्सहरु गरी १३ जनाले आकस्मिक रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा अनिषा वर्देवा, संगिता गुरुङ, देवि तिवारी, पवित्रा शर्मा, बन्दना साही, अलिना थापामगर, मोनिका जोशी, रञ्जना ओली, अनिषा लामिछाने, जानुका खड्का लगायत रहेका छन् । त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भोली वीरगञ्जको घण्टाघरमा रक्तदान कार्यक्रम गर्न लागेको र पर्सी बिआईटी कलेजले रक्तदान कार्यक्रम गर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न केन्द्रले सबैमा आग्रह गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड