वीरगञ्जमा सञ्चालित एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको म्याद थप



चैत्र १० एशीयाली विकास बैंक एडिबीको ऋण सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ । २५ महिनामा काम सम्पन्न गर्नेगरी कालिका कन्स्ट्रक्सनले ठेक्का सकार गरेको भएपनि काम नसकिएपछि पूनः म्याद थपिएको हो । ठेक्का सकार गर्दा सन् २०१६ मई १७ मा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर मधेस आन्दोलन र गिट्टी बालुवा उत्खननमा रोक लगाइएको कारण कालिका कन्स्ट्रक्सनले ३ सय ४५ दिन म्याद थपको लागि आग्रह गरेको थियो । एडिबीले पहिलो चोटीमा २ सय ९० दिन स्वीकृत गरेको थियो । त्यही अनुरूप ४ मार्च २०१७ मा कार्य सम्पन्न गर्नुपर्नेमा उक्त अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि कालिका कन्स्ट्रक्सनको आग्रहमा एडिबीले आगामी अगस्त ८ तारिख सम्मको लागि म्याद थप गरेको हो । लगातार तेस्रोपटक म्याद थप भए पनि आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुने सम्भावना भने कम देखिएको छ । आयोजनाका व्यवस्थापक इन्जिनियर शैलेन्द्र श्रेष्ठले अहिलेसम्म ६८ प्रतिशत मात्र काम सम्पन्न भएको बताउनुभयो । पछिल्लो पटक एडिबीले अगस्त ८ तारिख सम्म काम सम्पन्न गर्नेगरी म्याद थप गरेको भएपनि वीरगन्ज उपहमानगरपालिका कार्यालयको जिम्मेवारीमा रहेका कामहरू सम्पन्न नहुँदा आयोजनाको काममा ढिलाइ भएको श्रेष्ठले बताउनुभयो ।खानेपानीको पाइप, बिजुली र टेलिफोनको पोलहरू आयोजना अन्तर्गतका काम गर्ने स्थानबाट हटाउनुपर्ने जिम्मेवारी वीरगन्ज उपमहानगरपालिका कार्यालयको रहे पनि ती काम दु्रत गतिमा हुन नसक्दा आयोजनाको काममा केही ढिलाइ भएको श्रेष्ठको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन