वीरगन्जका दुइ सडक मधेसी शहिदहरुको नाममा नामाकरण



असार १९ राष्ट्रीय जनता पार्टी नेपालले मधेसी शहिदहरुको नाममा वीरगन्जका दुइ वटा सडकको नामाकरण गरेको छ । मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर २०७२ साल भदौ १४ गते दिलिप चौरसिया र भदौ १५ गते धर्मराज सिहको मृत्यु भएको थियो । शहिद चौरसियाको सम्मानमा पदम रोड देखि गण्डक सम्मको सडकलाई “सहिद दिलिप पथ“ र शहिद सिंहको सम्मानमा पदम रोड देखि रामराजा पुल हुँदै जगरनाथपुर सम्मको सडकलाई “शहिद धर्मराज पथ“नामाकरण गरिएको हो ।वीरगन्जको राधेमाइमा आज राष्ट्रिय जनता पार्टीले आयोजना गरेको कार्यक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले शहिदहरुको सम्मानमा दुवै सडकको नामाकरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै राजपाका नेता कुर्मीले मधेसको समाजिक, आर्थिक , सांस्कृतिक एवं राजनीतिक उत्थानसंगै समाजिक विकृती र भ्रष्टाचार निर्मुल पार्न राजपाको आगामी कार्यक्रम हुने उदघोष गर्नु भयो । मधेस आन्दोलनमा शहादत दिएका वीर शहिदहरुको बलिदानी खेर नजाने र मधेस अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी नै रहने उहाले बाताउनु भयो । बीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले शहिदहरुको सम्मानमा घोषणा गरिएको शहिद पथलाई महानगरपालिकाको परिषदबाट मुर्तरुप दिने बताउनु भयो । शहिदपथ नमाकरण समारोहमा राजपाका महासचिवद्वय शिव पटेल र कदम रसुल, सह महासचिव निजामुदिन समानी लगायतका नेताहरुले पनि मन्तव्य व्यत्तः गरेका थिए ।राजपाको वीरगन्ज नगर कार्य समितिका अध्यक्ष ओम प्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद चौरसीयाका दाजु पृथ्वी चौरसिया र शहिद सिंहका दाजु करण सिंह राजपुतलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन