वीरगन्जकी मुस्कान खातुनलाई एसीड प्रहार गर्ने किशोर दुई दिनमै रिहा



वीरगन्ज,१९ असोज । मुस्कान खातुनलाइ एसिड प्रहार गर्ने मध्येका मुख्य अभियुक्त सम्साद मियाँ, प्रहरीले पक्राउ गरेको २ दिन मै रिहा भएका छन् । पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसला अनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद, बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरि असोज १५ गते रिहा भएका हुन् ।

बालसुधार गृहमा ६ महिना १४ दिन मात्र बसेका सम्सादलाइ पर्सा जिल्ला अदालतको आदेशमा प्रहरीले असोज १५ मा रिहा गरेको हो । अदालतको फैसला पछि फरार रहेका सम्सादलाइ प्रहरीले बाँकी ५ महिना १६ दिनको कैद भुक्तानका लागि यहि असोज १३ गते उनकै घरबाट पक्राउ गरेको थियो ।

भोलिपल्ट असोज १४ गते प्रहरीले उनलाइ पर्सा जिल्ला अदालतमा पेश गरेको थियो । तर अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद (७०दिन) बाँकी रहेको भन्दै छाडि दिन आदेश दिएपछि प्रहरीले उनलाइ असोज १५ गते साँझ रिहा गरि दिएको हो ।

पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्ेडले असोज १३ मा पक्राउ परेका सम्साद , अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताउनुभयो । असोज १३ गते पक्राउ गरि १४ गते अदालतमा प्रहरीले पेश गरेकोमा अदालतले प्रतिवादीले पुनरावेदन गर्न पाउने म्याद बाँकी रहेका हुदा प्रहरी थुनामा राख्न नपर्ने भनि आदेश दिएपछि असोज १५ गते छोडिदिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । श्०७६ भदौ २० गते मुस्कान माथि मजिद मियासंग मिलेर सम्सादले नै मुस्कान माथि एसीड प्रहार गरेका थिए ।

तर घटना भएको १८ महिना पछि (२०७७ फागुन २६ ) मात्र पर्सा जिल्ला अदालतले फैसला गरेको थियो । घटना घटाएको बेला सम्सादको उमेर १२ वर्ष मात्र रहेकाले उनलाइ १ वर्ष र मजिदको उमेर १४ वर्ष मात्र पुगेकाले उनलाइ ४ वर्ष कैद सजाय तोकिएको थियो । घटना भए लगत्तै पक्राउ परेका दुवै जना नाबालक देखिएकाले अदालतले दुवैलाइ पूर्पक्षाका लागि बाल सुधार गृहमा पठाएको थियो ।

तर कोभिड १९ को पहिलो लहर शुरु भएका बेला विषेश परिस्थिती देखाएर पर्सा जिल्ला अदालतको आदेशमा २०७७ बैशाख १४ गते फेरि उपस्थित हुने गरि सम्साद २०७६ चैत १५ मा बालसुधार गृहबाट रिहा भएका थिए । तर अदालतले तोकेको समय २०७७ बैशाख १४ मा उनि उपस्थित नभइ घरमै बसेका थिए ।

त्यसपछि २०७७ फागुन २६ को अदालतले तोकेको कैद सजायको फैसला कार्यान्वयनका शीलशीलामा प्रहरीले सम्सादलाइ यहि असोज १३ गते पक्राउ गरेको थियो । अदालतको पछिल्लो आदेशले मुख्य अभियुक्त रिहा भएपछि पिडित मुस्कानलाइ थप पिडा भएको छ । २०७७ फागुन २६ को अदालतको फैसला र अभियुक्तलाइ रिहा गर्ने अदालतको पछिल्लो कमद विरुद्ध आफुले उच्च अदालतमा पुनरावेदन गर्ने मुस्कानले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि