वीरगन्जकोे बागमती प्लास्टीक गोदाममा आगलागी हुदा तीन करोडको क्षति



जेठ १५ वीरगन्जको नया बसपार्कमा रहेको बागमती प्लास्टीक उद्योगको गोदाममा आइतबार राति भिषण आगलागी हुदा करिब तीन करोड रुपैया बरबारको क्षति भएको छ । विराटनगरमा रहेको बाग्मती प्लाष्टिक उद्योगको आधिकारीक विक्रेताका रुपमा लक्ष्मण खन्डेलवालले वीरगन्जको बाइपास रोडमा सन्चालन गरेको सुभाष ट्रेडर्सको गोदाममा आगलागी भएको हो । आगलागीबाट पसल तथा गोदाममा भण्डारण गरेर राखिएका प्लाष्टिकको कुर्ची , त्रिपाल , चटाइ , मग , बाटा , मचिया, डोरी लगायतका सबै सामान जलेर नष्ट हुदा करिब तीन करोड रुपैयाको क्षति भएको सन्चालक खन्डेलवालले बताउनु भयो । यस्तै आगलागीले पसल र गोदाम रहेको सटर सहितको दुइ तल्ले पक्की भवन पनि जलेर नष्ट भएको उहाले बताउनु भयो । राति ९ बजे तिर लागेको आगो सात वटा दमकलको सहयोगमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना र म्यादी प्रहरीले चार घण्टा पछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । आगो निभाउनका लागि वीरगन्ज उपमहानगरपालिका , कलैया उपमहानगरपालिका , चन्द्रनिगाहपुर र भारत बिहार रक्सौलबाट गरि आठ वटा दमकल घटनास्थलमा पुगेका थिए । आगलागीको यकिन कारण खुल्न नसके पनि राति गोदाममा भित्र विद्युतको तार सर्किट भएर आगलागी भएको हुन सक्ने सुभाष ट्रेडर्सका सन्चालक खण्डेलवालले बताउनु भयो । आइतबार बेलुकी सात बजे तिर पसल र गोदाम बन्द गरेर घर गएपछि राति नौ बजेतिर छिमेकका पसलेहरुले फोन गरेर गोदाममा आगो लागेको खबर गरेपछि आफु घटनास्थलमा पुगेको खण्डेलवालले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान