वीरगन्जको नारायणी अस्पतालको फार्मेसीमा अीखतारको टोलीद्वारा छापामारी , फार्मेसीको कागजात नियन्त्रणमा , फार्मेसीको स्टोर रुममा सिलबन्दी




क्रान्ति साह
वीरगन्ज, ३२ साउन । वीरगन्ज स्थित नारायणी अस्पतालको फार्मेसीमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर सिल गरेको छ । हेटौडा स्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यिय टोलीले अस्पतालाको फार्मेसीमा छापा मारेर सिल गरेको हो ।नारायणी अस्पतालको सरकारी फार्मेसीमा १ करोड २१ लाख रुपैयाको अनियमितता भएको समाचार एक हप्ता पहिले नारायणी एफमबाट नै प्रशारण भएको थियो ।

त्यहि समाचारको आधारमा आज मध्यान्ह १२ बजे तिर अस्पतालमा छिरेको अख्तियारको टोलीले अस्पतालको फार्मेसीमा छापा मारेर सिल पनि गरेको हो । छापा मार्ने क्रममा झण्डै ४ घण्टा सम्म अस्पतालमा बिताएको अख्तियारको टोलीले फार्मेसीको कारोबारसंग सम्बन्धित सबै कागजपत्रहरु नियन्त्रणमा लिएर जानुका साथै फार्मेसीको स्टोर कक्षमा सिल पनि गरेको हो ।

शुरुमा अस्पतालको लेखा शाखामा छिरेको अख्तियारको टोलीले त्यहा लेखापाल सुदीप माझीलाइ भेटेर फार्मेसीको कारोबारसंग सम्बन्धित कागजातहरु मागेको थियो । त्यसपछि टोली , फार्मेसीका इन्चार्ज हरेन्द्र यादवलाइसंगै लिएर फार्मेसीको बिक्री र स्टोर कक्षमा छिरेको थियो । अख्तियारको टोलीले फार्मेसीले सन्चालन भए यता अहिले सम्म औषधीको खरिद ,बिक्री , सप्लायर्सलाइ तिरेको भुक्तानी , सप्लायर्सलाइ तिर्न रहेको बाँकी रहेको भुक्तानीको बील बिजक र भौचर ,स्टोरमा हाल मौज्दात औषधी विवरणको कागजात नियन्त्रणमा लिएर गएको हो ।

आज अस्पतालको फार्मेसीमा छापा मारेर फार्मेसीको कारोबारसंग सम्बन्धित सबै कागजातहरु छानबनि गरि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र फार्मेसीको स्टोर कक्षमा सिल पनि गरिएको अख्तियार टोली प्रमुख सोपकोटाले बताउनुभयो ।

अख्तियार टोलीले छापा मार्ने क्रममा बिरामीलाइ वितरण गर्न राखिएका सद्दे औषधीसंगै ठूलो परिमाणमा म्याद गुज्रिएका औषधीहरु पनि राखेको भेटिएपछि फार्मेसीको स्टोर कक्षमा सिल गरेको हो । टोली प्रमुख सापकोटाले पनि फार्मेसीको स्टोर रुममा म्याद गुज्रिएका औषधीहरु ठूलो परिमाणमा लामो समय देखि भण्डारण गरि राखेको भेटिएकोले फार्मेसीको स्टोर कक्षमा सिल गरिएको बताउनुभयो ।


यसैगरि नारायणी अस्पतालको फार्मेसीमा त्यहाका कर्मचारीले औषधीको खरिद बिक्रीमा १ करोड २१ लाख रुपैयाको अनियमितता गरेको तथ्य सहितको समाचार नारायणी एफएमबाट प्रशारण भएपछि अस्पताल प्रशासनले यस बारे छानबिन गर्न साउन २५ गते अस्पतालकी नर्सीङ प्रमुख माधुरी चौधरी संयोजक रहेको ३ सदस्यिय छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिको सदस्यमा अस्पतालका लेखापाल सुदीप माझी र खरिद शाखा प्रमुख शुसील यादव छन् । हिजो साउन ३१ गते भित्र छानबिनको प्रतिवेदन पेश गर्ने गरि गठन गरिएको छानबिन समतिले अहिले सम्म पनि छानबिनको प्रतिवेदन अस्पताल प्रशासनलाइ बुझाएको छैन ।

समितिकी संयोजक चौधरीले पनि छानबिन समितिलाइ १ हप्ताको समय पाएपनि प्रतिवेदन बुझाउन नसकेको स्वीकार्नुभयो ।समिति गठन भएलगत्तै आफनो छोरो बिरामी भएर ४÷५ दिन विदा लिएर बस्नु परेकाले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकिएको भन्दै चौधरीले अब ३÷४ दिनमा प्रतिवेदन तयार पारेर अस्पताल प्रशासनलाइ बुझाउने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान