वीरगन्जको नारायणी अस्पतालमा अक्सीजन प्लान्ट स्थापना



कृष्णउदास खनाल
वीरगन्ज,१६ भाद्र । वीरगन्जको नारायाणी अस्पतालमा निर्माण गरिएको अक्सीजन प्लान्टको आज उद्घाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगी र पर्साक्षेत्र नम्बर २ का ासंसद बिमल श्रीवास्तवले अक्सीजन प्लान्टको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कोरोनाको संभावित तेश्रो लहरको जोखिमलाई ख्याल गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता समेत रहनु भएका उधोगी तथा समाजसेव स्वर्गीय चिरन्जिवीलाल सरावगीको स्मृमितमा सांसद श्रीवास्तवको संसदीय बिकास कोषबाट सो प्लान्ट निर्माण गरिउको हो ।

अक्सीजन प्लान्ट स्थापना भएपछि अब नारायणी अस्पतालमा अक्सीजनाको अभाव नहुने र अक्सीजन अभावमै कारण कसैको पनि ज्यान नजाने नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. बीरेन्द्रबहादुर प्रधानले बताउनुभयो ।

सांसद श्रीवास्तवको भौतिक पुर्वाधार बिकास कार्यक्रमबाट २ करोड तथा महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको ५० लाखको सहयोगमा सो प्लान्ट संचालनमा ल्याइएको महानगरपालिकाका नगर प्रमुखको सचिवालयले जनाएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन