वीरगन्जबाट ठूलो परिमाणमा चितुवाको छाला र हड्डी बरामद



चैत्र २१ वीरगन्ज भन्सारको परिसरबाट प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्डी ठूलो परिमाणमा बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले दिएको सुचनाको आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसमा बेवारिसे अवस्थामा रहेको चितुवाको हड्डी ३४ केजी नौ सय ग्राम र दुइ वटा छाला बरामद गरेको हो । भन्सार पसिरको यार्डमा दुइ वटा थोत्रो टिनको बाकस भित्र राखिएको १६ वटा पोकामा रहेको हडड्डी र छाला हिजो साँझ बरामद गरिएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । बरामद चितुवाको छाला र हड्डी आवश्यक कार्वाहीका लागि सोमबार जिल्ल वन कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वन्यजन्तुको चोरी शीकारी गर्नेहरुले मकवानपुरको जंगलमा चितुवा मारेर त्यसको छाला र हड्डी भारत हुदै तेश्रो मुलुकमा तस्करी गर्ने क्रममा भन्सार परिसरमा राखेको हुन सक्ने प्रहरी श्रोतले जनाएको छ । काठमाण्डौमा सिआइबीको टोलीले एक भारतीय नागरिक सहित तीन जनालाइ नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनिहरुले दिएको बयानका आधारमा वीरगन्ज भन्सार परिसरमा चितुवाको हड्डी र छाला रहेको सुचना पाएपछि पर्सा प्रहरीलाइ आइतबार सँँझ खबर गरेको र त्यही सुचनाको आधारमा पर्सा प्रहरीले छाला र हड्डी बरामद गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड