वीरगन्जमा कादम्बरी एकेडेमीको बसको ठक्करबाट एक विधार्थीको मृत्यु



जेठ ८ वीरगन्जमा सोमबार बिहान स्कुल बसले ठक्कर दिदा एक जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्जको पावरहाउस चोकमा रहेको कादम्बी एकेडेमीको बसले महावीर स्थानमा ठक्कर दिदा परवानीपुरमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा नौ मा अध्ययनरत १३ वर्षिया दीया अग्रवालको मृत्यु भएको हो ।महावीस्थानमै घर भएका राम अग्रवालकी छोरी दिया , स्कुल जानका लागि घरबाट निस्किएर सडकमा पुगेका बेला बिहान सवा आठ बजे तिर विद्यार्थी बटुल्दै गईरहेको कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।तर मृतकका आफन्त र स्थानीय प्रत्यक्षदर्शीले भने सडक पार गर्दै गरेकी दियालाइ कादम्बरी एकेडेमीको बसले ठक्करर दिदा उनि सडकमा लडे पछि चालकले बस ब्याक गरेर किचेर मारेको आरोप लगाएका छन् ।चालकले मादक पदार्थ सेवन गरेको र उनीसंग सवारी चालक अनुमतिपत्र लाइसेन्स पनि नभएको स्थानीयवासीले बताएका छन् । ठक्कर दिने बसमा स्थानीयवासीले तोडफोड पनि गरेका छन् । दियाको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले घटनास्थलमै चिकित्सक बोलाएर चालकको मापसे चेकजाँच गर्न माग गर्दै ठक्कर दिने बस र चालकलाइ लैजान नदिएपछि महावीरस्थानमा बिहान केहि बेर तनाव पनि भएको थियो । प्रहरीले जबरजस्ति बस र चालकलाइ लैजाने प्रयास गर्दा स्थानीयले रोक्न खोजेपछि प्रहरी र स्थानीयवासी बिच झडप पनि भएको थियो । झडपमा प्रहरीले लाठी चार्ज गर्दा मृतक दियाका छिमेकी निरन्जन चौधरीको टाँउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ । प्रहरीले बिहान साढे १० बजे तिर बस र चालकलाइ सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको छ । दियाको मृत्यु भएपछि त्यसको विरोधमा महावीरस्थान र आदर्शनगरका व्यपारीहरुले बिहान ११ बजे सम्म पसल बन्द गरेका थिए । मृतक दियाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले चालक र बसलाइ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बताउनु भयो ।यसैबीच नेवि संघले घटनाको निन्दा गर्दै दियाको मृत्युको शोकमा मंगलबार एक दिन पर्सा जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्न आव्हान गरेको छ । बसका चालकले बस ब्याक गरेर विद्यार्थीको हत्या गरेको भन्दै नेविसंघले घटनाको निन्दा गर्दै मंगलबार एक दिन पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न आग्रह गरेको हो । नेवि संघले दोषी माथि कारबाही गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको नेवि संघ केन्द्रिय सदस्य सुधिर पटेलले जानकारी दिनुभयो । यस्तै नेपाली काँग्रेस वीरगन्ज नगर कार्य समितिका सभापति भोला प्रसाद कलवारले पनि चालकले जानाजानी बस ब्याक गरेर दियालाइ मारेको आरोप लगाउदै घटनाको निन्दा गर्नु भएको छ । उहाले घटनाको छानबिन गरेर दोषी चालक र स्कुल व्यवस्थापनलाइ कार्वाही गर्न पनि माग गर्नु भएको छ । त्यसैगरि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववीयु पर्साले पनि घटना प्रति दुःख व्यक्त गरेको छ । अनेरास्ववीयु पर्साका अध्यक्ष रामबाबु यादवले विज्ञप्ती जारी गर्दै घटना प्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । यादवद्वारा जारी विज्ञप्तीमा चालकको निन्दा गर्र्दै कडा भन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड