वीरगन्जमा रहेको आस्था नेपाल सुधार केन्द्रमा एक जना युवकको मृत्यु



जेठ १६ वीरगन्जको श्रीपुरमा रहेको लागु पदार्थ दुव्र्यसनीहरुको उपचार गर्ने आस्था नेपाल सुधार केन्द्रमा मंगलबार बिहान एक जना युवकको मृत्यु भएको छ । गत आइतवार देखि सुधार केन्द्रमा उपचार गराइरहेका वीरगन्ज नगवाका २० वर्षिय दिपु कम्कडको आज बिहान मृत्यु भएको हो ।सुधार केन्द्र परिसरमै बिहान अचानक बेहोश भइ लडेका कम्कडलाइ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुरयाउने बित्तिक्कै उनको मृत्यु भएको हो । मृतक कम्कडका बुबा रामबाबु कम्कडले सुधार केन्द्रको लापरवाहीका कारण आफनो छोराको मृत्यु भएको आरोप लगाउनु भएको छ ।सुधार केन्द्रका कर्मचारीले मंगलबार बिहान अचानक सात बजे फोन गरेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा पुग्दा आफनो छोरा मृत्यु भइसकेको अवस्थामा रहेको भन्दै मृतक कम्कडका बुबा रामबाबुले आफनो छोराको मृत्युको घटना बारे छानबिन हुनु पर्ने बताउनु भयो । उहाले आफुले जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित जाहेरी पनि दिइसकेको बताउनु भयो । तर सुधार केन्द्रका सन्चालकले भने कम्कडले मंगलबार बिहान लामखुट्टे धपाउने अलआउटको झोल पिएको र त्यसलगत्तै उनले लगातार वान्ता गर्न थालेपछि उपचारका लागि अस्पतालमा लैजादा उनको मृत्यु भएको बताएका छन् ।पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान