वीरगन्जमा सन्चालनमा ल्याइएको निशुल्क शुद्ध चिसो पानी धाराको उदघाटन



जेठ ९ वीरगन्जको आदर्शनगर स्थित मेनरोड छेउमा मंगलबार देखि सन्चालनमा ल्याइएको निशुल्क शुद्ध चिसो पानी धाराको उदघाटन गरिएको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले चिसो पिउने पानीको धाराको उदघाटन गर्नु भएको हो । उद्योगी एंव फोरम नेपाल पर्साका नेता रिविन्द्र वर्णवालले आफनो निजी लगानीमा सन्चालनमा ल्याएको निशुल्क शुद्ध चिसो पिउने पानी धाराको उदघाटन कार्यक्रममा बोल्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले अहिले प्रचण्डगर्मीमा सर्वसाधरण बटुवाहरुको लागि चिसो पिउने पानीको व्यवस्था गरेर वर्णवालले अत्यन्त सराहनीय काम गरेको बताउनु भयो । उहाले वर्णवालको सामाजिक कामको अरुले पनि सिको गर्नु पर्ने बताउनु भयो । उदघाटन कार्यक्रमा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष एंव समाजसेवी विजय सरावगीको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन