वीरगन्जमा सशस्त्र प्रहरीले पक्रेको एक ट्रक पाडा , वीरगन्ज भन्सार कार्यालयले छोड्यो




वीरगन्ज, ११ साउन । भारतबाट तस्करी गरि ल्याइएको भनेर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको एक ट्रक पाडा , भन्सार कार्यालयले फिर्ता गरि दिएको छ ।

पर्साको जगरनाथपुर गाँउपालिकाबाट ट्रकमा लोड गरेर काठमाण्डौ लैजादै गरेको ३० वटा पाडा , वीरगन्जको पिपरा स्थित सडकबाट आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । तर वीरगन्ज भन्सार कार्यालयले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पाडा , नेपालकै गाँउमा खरिद गरिएको पुष्टि भएपछि सम्बन्धित पाडाधनीलाइ जिम्मा लगाएर पठाइ दिएको हो ।

पाडाधनीले नेपालकै गाँउमा खरिद गरिद गरिएको , गाँउपालिका कार्यालयले सिफारिस गरेको र पशु क्वारेन्टिनमा परिक्षण गरिएको लगायतका कागजपत्र देखाएपछि फिर्ता गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व अर्यालले बताउनुभयो ।

पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले भने भारतबाट तस्करी गरि जगरनाथपुर गाँपालिकामा ल्याइएको पाडा ट्रकमा लोड गरेर काठमाण्डौ लैजान थालिएको सुचनाका आधारमा पाडा सहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइ दिएको भएपनि भन्सार कार्यालयले ती पाडाहरु सम्बन्धित व्यपारीलाइ फिर्ता गरि दिएको जानकारी आफुले पाएको बताउनु भयो । जगरनाथपुरका स्थानीयवासीले भने पाडाको तस्करीमा गाँउपालिकाकै जनप्रतिनिधहरु संलग्न रहेको बताएका छन् ।

दिनहु भारतबाट अवैध रुपमा सिमा कटाएर ल्याइएका पाडा जगरनापुर गाँउपालिकामा जम्मा गरेर त्यहाबाट ट्रकमा लोड गरि काठमाण्डौ पठाउने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन