वीरगन्जमा स्थापना गरिएको भेजपुरी प्रतिष्ठानको कार्यालय आज देखि सन्चालनमा



क्रान्ति साह
वीरगन्ज,२१ असोज । वीरगन्जमा स्थापना गरिएको भेजपुरी प्रतिष्ठानको कार्यालय आज देखि सन्चालनमा ल्याइएको छ । वीरगन्ज ८ गहवा स्थित रात्री माविको भवनमा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको कार्यालयको आज वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गर्नु भएको हो ।

रात्रीमावि भवन छेउकै खाली जग्गामा केहि महिना पहिले प्रतिष्ठानको भवन निर्माणका लागि शीलन्याश गरिएको थियो । भवन निर्माणको काम जारी रहेकाले तत्कालको लागि रात्री माविको भवनमा आज देखि कार्यालय सन्चालनमा ल्याइएको र भवन बनिसकेपछि कार्यालय आफनै भवनमा सारिने प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदीले जानकारी दिनुभयो ।

आजको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष द्धिवेदीले भोजपुरी भाषाको लोकप्रियता बढ्दै गएको भएपनि नेपाल सरकारले गर्दै आएको राष्ट्रिय जनगणनामा भने भोजपुरी भाषीको संख्या घट्दो क्रममा रहेको तथ्याङक देखाउने गरिएको गुनासो गर्नुभयो । उहाले राज्यकैतर्फबाट भोजपुरी भाषा प्रति आक्रमण भइरहेको आरोप पनि लगाउनुभयो ।

त्यसैले अहिले भइरहेको २०७८ सालको राष्ट्रिय जनगणनामा हरेक भोजपुरीभाषीले आफनो मातृभाषाको संरक्षणका लागि सशक्त रुपमा आवाज उठाउन उहाले आग्रह पनि गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष द्धिवेदीकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष ध्रुब सिंह ठकुरी , वीरगन्ज ८ का वडाअध्यक्ष राजकिशोर गुप्ता , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने , पर्सा शाखा अध्यक्ष अनुप तिवारी, कलाकार कामेश्वर चौरसीया लगायतको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गर्नु भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि