वीरगन्जलाई पछाडी पार्ने नियतले सरकारले भैरहवा र बिराटनगरलाई बढि महत्व दिएको सरोकारवालाहरुको आरोप



जेठ २३ सरकारको गलत निती र नियतकै कारण वीरगन्ज लगायत पर्सा जिल्लाकोे बिकास हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । कान्तिपुर दैनिक पत्रिकाले बिरगन्जमा मंगलबार अयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी सरोकारवालाहरुले नेपालकै आर्थिक नगरी वीरगन्जलाई राज्यले नै बिकास गर्न चाहेको आरोप लगाएका छन् । सबै भन्दा बढि राजश्व संकलन गरेर मुलुकलाइ पालिरहेको वीरगन्जलाइ उपेक्षा गरेर राज्यले अहिले नेपालका अन्य शहरहरुको बिकासमा ध्यान केन्द्रित गरेको उनिहरुको भनाइ थियो । वीरगन्जलाई औद्योगीक कोरिडोर बनाउनका लगी लामो समय देखी प्रयास हुदै आएकोमा अहिले सम्म राज्यले निर्णय नगर्नु, वीरगज बिश्व बिद्यालयका बिषयमा सरकार मौन बस्नु जस्ता कारणले नै सरकारको रवैया प्रति मधेशमा बितृष्णा फैलिरहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । वीरगन्जलाई पछाडी पार्ने नियतले नै सरकारले भैरहवा र बिराटनगरलाई बैकल्पिक शहरको रुस्पमा बिकसित गर्न लागको भन्दै उनिहरुले वीरगजबाट नाका हुदै दैनिक हजारौको संख्यामा मालबाहक सवारी साधनहरु भित्रिने गरेको भएपनि सरकारले बुटवल र बिराटनगरमा सडक बिस्तार गरेर वीरगन्जसंग बिभेद गरेको बताएका थिए । कार्यक्रममा नेपाली काग्रेस पर्साका सभापति अजय दुबेद्धी, राष्ट्रिय जनता पार्टीका महासंचिव शिव पटेल, केन्द्रिय सदस्य राजेशमान सिह, संघीय समाजवादी फोरम नेपाल पर्साका प्रवक्ता रामनरेश यादव,उद्योगीहरु जगदिश अग्रवाल, बिजय सरावगी,अशोक टेमानी, वीरुगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकास शर्मा, प्राध्यापक ललन द्धुबेदी, सामाजिक अभियन्ता प्रकास थारु, अधिवक्ता रामेश्वर सेढाई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, महिला बुद्धिजीवी डाक्टर सुष्मा तिवारी, मोनीका सिह , किरण सरकार , प्रभा खडका लगायतले आ आफनो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक सुधीर शर्माले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान