वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता अन्तराष्ट्रिय व्यावसायिक डक्टरोल प्रमाणपत्रबाट सम्मानित



वीरगन्ज,१३ असोज । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता अन्तराष्ट्रिय व्यावसायिक डक्टरोल प्रमाणपत्रबाट सम्मानित हुनु भएको छ । युरोपियन इन्टरनेशनल युनिभर्सिटीले विभिन्न क्षेत्रमा योगदान पु¥याएका विश्वका २० जना व्यक्तिहरुलाई प्रदान गरिने व्यावसायिक डक्टरोल प्रमाणपत्र नेपालबाट गुप्ताले पाउनु भएको हो ।

दुवई स्थित शेराटन दुवई क्रिक होटल एण्ड टावरमा मंगलबार राति आयोजित कार्यक्रममा गुप्तालाई व्यावसायिक डक्टरोल प्रमाणपत्र प्रदान गरिएको छ । प्रोफेशनल डक्टरोल सर्टिफिकेट (पीडीसी) फ्रान्सको पेरिस स्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीद्वारा प्रदान गरिने पुरस्कार व्यवसाय केन्द्रित प्रमाणीकरण हो ।

व्यक्तिगत रुपमा र सामूहिक रुपमा नेतृत्व गरेर स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समुदायमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिलाई यस्तो प्रमाणपत्र युरोपियन इन्टरनेशनल विश्वविद्यालयले प्रदान गर्ने गरेको छ । यो पुरस्कार विशिष्ट तहका व्यक्तिहरु जो विशेषज्ञताको एक विशिष्ट क्षेत्रमा सेवा गर्नेहरुबाट चयन गर्ने गरिन्छ । यसबर्ष गुप्ता सहित विश्वभरबाट २० जनाले यो प्रमाणपत्र पाएका छन् ।

विश्वका २० जना उत्कृष्ट योगदान दिएका व्यक्तिहरु मध्य नेपालबाट गुप्ता छनोटमा पर्नुभएको हो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य, नेपाल चामल, दाल तथा तेल संघका केन्द्रीय अध्यक्ष, महासंघको बैंकिङ फाईनान्स र वीमा समितिका सहसंयोजक, रेडक्रस सोसाईटी पर्साका सल्लाहाकार, मोहित ग्रुपका प्रवन्ध निर्देशक रहेका छन् ।

२००४ देखि २००६ सम्म वीरगन्ज उद्योग वाणिज्य संघको साधारण सदस्यता लिएर निजी क्षेत्रको सांगठनिक यात्रा शुरु गरेका गुप्ता २००६ देखि २००७ सम्म संघको कृषि समितिका सभापति, २००७ देखि २०११ सम्म वीरगन्ज उद्योग वाणिज्य संघ अन्गर्ततको स्थानीय राजस्व समितिका सदस्य, २०११ देखि २०१३ सम्म वीरगन्ज उद्योग वाणिज्य संघको महासचिवमा रहेर काम गरेका छन् ।

त्यस्तै २०११ देखि २०१२ सम्म लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष, २०१२–०१३ सम्म जोन चेयर पर्सन, २०११ देखि २०१३ सम्म कलवार कल्याण समितिका महासचिव रहेका थिए । त्यस्तै २०१३ देखि २०१७ सम्म वीरगन्ज उद्योग वाणिज्य संघको तृतीय उपाध्यक्ष, २०१७ देखि २०१९ सम्म दोश्रो उपाध्यक्ष, सोही अवधिमा ठाकुरराम बहुमुखी क्याम्पसका प्रशासन समितिका सदस्य, २०१८ देखि २०२० सम्म उद्योग वाणिज्य महासंघ अन्तर्गतको व्यापार समितिका सदस्य, २०१९ देखि २०२१ सम्म प्रथम उपाध्यक्ष रहेर काम गरिसकेका छन् ।

विभिन्न संघ संस्थामा यति धेरै समयसम्म निरन्तर सक्रिय भई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान गरेकोले गुप्तालाई सम्मानित गरिएको युरोपियन इन्टरनेशनल युनिभर्सिटीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु
तरकारीका लागि पकेट क्षेत्र रहेको सिम्रौनगढमा आलुको बिऊ महंगो हुँदा कृषकहरु मारमा
चाडवाड बढेसँगै वीरगन्ज भन्सारबाट हलुका सवारी साधनको आयात बढ्यो