वीरगन्ज बजारमा बजार अनुगमन शुरु, ब्यवसायिक फर्म चुस्तदुरुस्त राख्न वीरगन्ज उधोग बाणिज्य संघको आग्रह



वीरगन्ज,१३ असोज । दशैँ तिहारल गायत चाडपर्व नजिकिँदै गर्दा बीरगन्जमा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्रता दिएको छ । अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा बीरगन्जका ९ वटा पसललाई कारबाही गरी ५० हजार जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा बीरगन्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, बीरगञ्ज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च बीरगन्जको प्रतिनिधि सहित टोली अनुगमन गरेका थिए ।

टोलीले घण्टाघर स्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरिद बिल बिजक नदेखाएकोले ५÷५ हजार रुपैयाँ जरिवाना गरेको थियो भने श्री गणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओम साई शु–सेन्टर, श्री नृसिंह जि श्यामबाबा इन्टरप्राइजेज, न्यु टिपटप ट्रेडर्स, राजा इन्टरप्राइजेज, बीरगन्ज फैशन सेन्टरलाई समेत विल विजक नदेखाएपछि ५÷५ हजार रुपैयाँ जरिवाना गरिएको दाबी गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकालाई सोही ऐनको दफा ३९ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा बीरगन्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताउनुभयो ।

यसैबीच वीरगन्ज उधोग बाणिज्य संघले सबै ब्यवसायीहरुलाई आफ्नो ब्यवसाय तथा फर्ममा अनिवार्य रुपमा पान नम्बर आदि कागजात चुस्तदुरुस्तसंग राख्न समेत सबैमा आग्रह गरेको छ । एक एक सूचना जारी गर्दै वीरगन्ज उधोग बाणिज्य संघले नियमित बजार अनुगमन भइरहेका कारण आफ्नो ब्यवसाय चुस्त राख्न भनेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि