वीरगन्ज महानगरको विकासका लागि राजपा नेपालको ज्ञापनपत्र



असार २९ राष्ट्रिय जनता पार्टी नेपालले वीरगन्ज महानगरको विकासका लागि भन्दै विभिन्न १६ बुदे माग सहितको ज्ञापनपत्र बिहीबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा बुझाएको छ । वीरगन्जमा बन्दै गरेको आधुनिक बसपार्क र फोहोर ब्यवस्थापन केन्द्रको निर्माण कार्य यथाशीघ्र पुरा गर्नु पर्ने , एडिबीको सहयोगमा जारी सडक र नाला निर्माण गर्ने क्रममा खनिएका सडकहरु तत्काल कालोपत्रे गर्नु पर्ने , वीरगन्ज महानगरलाई ग्रीन सिटीको रुपमा बिकास गर्नु पर्ने , महानगरमा समावेश गरिएका नयाँ ११ वटा वडाहरुमा बिकास निर्माणको विशेष प्याकेज दिनु पर्ने, गरिब एवं दलित बस्तिमा निशुल्क सोलार बत्ती जडान गर्नु पर्ने, भ्रस्टाचार एवं अनियमिततालाई नियन्त्रण गर्नु पर्ने लगायतका माग सहितको ज्ञापन पत्र राजपाको नगर कार्य समितिले बिहीबार वीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीलाइ बुझाएको हो । जवाफमा कार्यकारी अधिकृत तिाम्बर अधिकारीले राजपाले वीरगन्ज महानगरको विकास र समस्याका बारेमा देखाएको चासो प्रति आभार प्रकट गर्दै वीरगन्ज महानगरलाइ सफा , स्वच्छ र आधुनिक सहरको रुपमा बिकास गर्न महानगरपालिका कार्यालय लागि पर्ने प्रतिबद्धता जनाउनु भएको राजपाका नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड