वीरगन्ज महानगरपालिकाद्धारा पुनः दुई दिनका लागि खोप अभियान संचालन




वीरगन्ज, २४ साउन । वीरगन्ज महानगरपालिकाले कोभिड विरुद्धको खोप लगाउन छुटेका लक्षित उमेर समूहका र बाँकी रहेका ५५ वर्ष तथा त्यो भन्दा माथिको उमेर समुहका नागरिकका लागि आज देखि २ दिन खोप कार्यक्रम सन्चालन गरकोमा,खोप लगाउने कार्यक्रम अहिले पनि जारी छ । ।

यसअघि संचालन गरिएको खोप कार्यक्रममा भेरोसेल खोप लगाउन छुटेका ५५ वर्ष भन्दा माथिको उमेर समुहका नागरिकका लागि आज र भोलि गरी दुई दिन पहिलो डोजको खोप लगाउने कार्यक्रम सन्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

यसअघि भेरोसेलको खोपको पहिलो डोज लगाउन छुटेका ५५ वर्ष भन्दा माथिको उमेर समुहका नागरिक, शिक्षक, प्राध्यापक, शिक्षण संस्थाका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, विदेश जाने नागरिकले आ आफनो वडाको स्वास्थ्य संस्था र खोप केन्द्रमा आज र भोलि खोप लगाउन सक्ने महानगरपालिकाको जनस्वास्वास्थ्य निरिक्षक रितेश जयसवालले बताउनुभयो ।

खोप लगाउन खोप केन्द्रमा जाँदा नागरिकता वा उमेर खुल्ने पहिचान पत्र अनिवार्य लिएर जान पनि वीरगन्ज महानगरपालिकाले अनुरोध गरेको छ ।वीरगजका बिभिन्न स्वास्थ्य संस्थाहरु खोप लगाउने कार्यक्रम जारी रहेको र कार्यक्रम साँझ ५ बजेसम्म संचाmलन हुने महानगरपालिकाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड