वीरगन्ज महानगरपालिकाद्वारा अनिवार्य मास्क लगाउने अभियान शुरु, सरकारी कार्यालयहरुमा मास्क नलगाउनेले सेवा नपाउने नगरप्रमुख सरावगीको भनाई



वीरगन्ज,१७ असोज । वीरगञ्ज महानगरपालिका, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रममा नगर प्रमुख विजय सरावगीले यस्तो घोषणा गर्नुभएको हो ।

नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वमा सर्वसाधारणको चलहपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो । चाडपर्वमा हजारौं मानिसहरु भारत लगायत अन्य मुलुकबाट नेपाल आउने र यसले गर्दा कोरोना संक्रमणको अर्को लहर आउनसक्ने चुनौती रहेको बताउदै नगर प्रमुख सरावगीले सीमा नाकामा एन्टिजेन टेष्ट लगायत स्वास्थ्य मापदण्डको पालना गराउन लगाएको भएपनि यसलाई रोक्ने प्रभावकारी उपाय भनेको मास्क लगाउने रहेको उहाँको भनाई छ । कोरोना संक्रमण घट्दै गएपछि वीरगञ्जमा पछिल्लो समय लापरबाही बढ्दै गएकोले अब मास्क नलगाउनेलाई सरकारी कार्यालयमा सेवा नदिने बताउनुभयो ।

मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाईजर लगाउन नगरबासीले छोडिसकेका छन् । नगरबासी मात्रै होईन महानगरका अधिकांश कर्मचारीले समेत मास्क लगाउदैनन् । अभियान अन्र्तगत वीरगञ्जका १२ स्थानमा ‘मास्क बिना प्रवेश निषेध, ‘मास्क बिना कुराकानी निषेध र ‘मास्क बिना सेवा निषेध’ लेखिएको स्टिकर, पोष्टर लगाइने महानगरका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख अरुण महतोले जानकारी दिनुभयो ।

मास्क लगाउन सचेतना जगाउने उद्देश्यले महानगरपालिकाबाट निकालिएको सचेतनामुलक ¥याली घण्टाघर आएर सभामा परिणत भएको थियो । ¥यालीमा महानगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, नर्सिङ अध्ययन गर्दै गरका विद्यार्थी र स्काउटको सहभागिता रहेको थियो । ¥यालीमा सहभागीले ‘मैले लगाएको मास्कले तपाईंलाई सुरक्षा दिन्छ, तपाईंले लगाएको मास्कले मलाई सुरक्षा दिन्छ’, ‘कान वा चिउँडोमा राख्दैमा मास्क लगाएको हुँदैन, नाक मुख छोपिने गरी मास्क लगाऔं लगायतका सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि