वीरगन्ज महानगरपालिकाले नगरलाई सफा र सुग्धर बनाउनका लागि आज पनि डस्टबीन बितरण



वीरगन्ज,४ भाद्र । वीरगन्ज महानगरपालिकाले नगरलाई सफा र सुग्धर बनाउनका लागि आज पनि डस्टबीन बितरण गरेको छ । वीरगन्ज महानगरपालिकालाई पूर्ण रुपमा सफा बनाउनका लागि वीरगन्जका विभिन्न वडाहरुमा महामनगरपालिकाले घरघरमै डस्टबिन बाड्ने अभियान थालेकोमा आज पनि केही वडाका नागरिकहरुको घरमै पुगेर डस्टबीन बितरण गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका इचार्ज महमद सर्फूद्धिनले जानकारी दिनुभयो ।

आज वडा नम्बर १, २ , ११, १३, १४, १५ र १६ मा घरबाट निस्कने फोहोर ब्यवस्थापनका लागि सहज होस् भन्ने उद्देश्यले डस्टबीन बितरण गरिएको उहाँले बताउनुभयो ।

हरियो र रातो गरी दुई प्रकारका डस्टबिन बितरण गरिएको भन्दै उहाले हरियो डस्टबिनमा कुहिने खालका र रातो डस्टबिनमा नकुहिने खालका फोहोर राख्नु पर्ने र नगरवासीले डस्टबिनमा राख्ने फोहोर हरेक दिन सरसफाईको जिम्मा लिएको ठेकेदारले संकलन गरी ब्यपस्थापन गर्ने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो ।

उहाले स्वच्छ र सफा वीरगन्ज बनाउने महानगरको अभियानमा साथ दिन सबै नगरवासीलाई आग्रह पनि गर्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान