शहर केन्द्रित राजनीतिक दल गाउँ पस्न थाले



संविधानसभा दोस्रो निर्वाचनपछि शहर केन्द्रित राजनीतिक दल यतिबेला गाउँ पस्न थालेका छन् । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्दै तयारी थालेपछि दलहरू गाउँ पस्न थालेका हुन् । तीन वर्ष अघि सम्पन्न संविधानसभा निर्वाचनपछि गाउँ जान छाडेका राजनीतिक दलका नेता–कार्यकर्ता अहिले ग्रामीण क्षेत्रमा बढी भेटिने गरेका छन् । वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै गाउँ पसेका दल जनता रिझाउन निकै सक्रिय देखिन्छन् । आफ्नो पक्षमा मत बटुल्ने प्रयास स्वरूप राजनीतिक दलहरू अहिले गाउँपालिका , नगरपालिका र उपमहानगरपालिकाको विभिन्न वडामा कमिटी गठन–पुनर्गठनमा व्यस्त छन् । त्यति मात्र नभई पार्टीलाई निकै सक्रिय रहेको देखाउन दैनिक विभिन्न कार्यक्रम लिएर दलका नेता गाउँ पुगिरहेको देख्न थालिएको छ । दलको सक्रियताका कारण शहरभन्दा गाउँमा चुनावको रौनक बढेको देखिन्छ । “अघिल्लो चुनावपछि अनुहारै नदेखाएका सबै दलका नेताहरू अहिले गाउँमा झुम्मिएका छन् । यो चुनावको सङ्केत हो”–मनहर्वाका हरेन्द्र चौधरीले भने–“चुनाव आएपछि नेताहरू यसरी नै जनता फकाउने र मत बटुल्ने गर्दछन् । तर चुनावपछि तिनको अनुहार पनि देख्न पाइँदैन ।” विकास र रोजगारको नारा बाँडदै ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम गर्न दलहरूबीच प्रतिस्पर्धा नै चलेको देखिन्छ । अबीर र माला लिएर गाउँ पसेका दलले पार्टी प्रवेश कार्यक्रमलाई पनि तीव्र बनाएका छन् । सर्वसाधारणलाई आश्वासन दिंदै र प्रलोभनमा पारेर पार्टी प्रवेश गराउन केही राजनीतिक दल यति बेला सक्रिय छन् । ठूलो सङ्ख्यामा सर्वसाधारण पार्टी प्रवेश गरेको भन्दै प्रचार गरेर जनमत बलियो पार्न दलहरू चुकेका छैनन् । विकासको काम गर्ने र आपूmले भनेजस्तो रोजगार दिन सबै दलले सहजै प्रतिबद्धता जनाउन थालेपछि जनता कुन दलको टीका लगाउने अन्योलमा देखिन्छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड