शहिद सत्रुधन पटेलकको शालीक अनावरण राजपा नेपालका अध्यक्ष ठाकुरले गर्ने



असार २९ पर्साको पाकाहा मैनपुर गाँउपालिकामा निर्माण गरिएको शहिद सत्रुधन पटेलकको शालीक अनावरण कार्यक्रमलाइ सफल पार्नका लागि राष्ट्रिय जनता पार्टीले बिहीबार विभिन्न समितिहरु गठन गरेको छ । शहिद शत्रुधन पटेलको शालीकको अनावरण राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिवार गर्ने कार्यक्रम रहेको छ । आज पकाहा मैनपुरमा सम्पन्न राष्ट्रिय जनता पार्टीको भेलाले रामबाबु चौरसीयाको संयोजकत्वमा मन्च व्यवस्थापन समिति , मनिष यादवको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति र उपेन्द्र सहनीको संयोजकवमा अतिथी सत्कार समिति गठन गरेको हो । शालीक निर्माण कर्ता मदन चौरसीयाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भेलामा राष्ट्रिय जनता पार्टीका नेताहरु जनार्दन यादव , कृष्णा पटेल , धामु शर्मा लगायतको उपस्थिती रहेका थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान