शिक्षकहरु बिचको खिचातानीका कारण विधार्थीहरु सडक आन्दोलनमा



असार १८ वीरगन्जको वीर्तामा रहेको सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयका शिक्षकहरु बिचको खिचातानीका कारण त्यहा अध्ययनरत विधार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् । गर्मी विदाका विषयमा प्रधानाध्यापक र शिक्षकहरु बिच मतभेद भइ विवाद भएपछि त्यसको मारमा विधार्थीहरु परेका हुन् । अन्य शिक्षकहरुको असहमतिका बाबजुद प्रधानाध्यापक सुरेन्द्र कुवँरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डर विपरित आइतबार असार १८ गते देखि साउन २ गते सम्म गर्मी विदाका लागि भन्दै विद्यालय बन्द गरेपछि विद्यालय सन्चालनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यालयका सबै कक्षा कोठा र कार्यालयमा ताल्चा लगाइएका कारण विधार्थीहरु आज बिहान विद्यालय अगाडिको सडकमै बसेर पठपाठन गर्दै प्रधानाध्यापक कुवँर विरुद्ध नाराबाजी पनि गरेका छन् ।जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डरमा सामुदायिक विद्यालयहरुमा साउन ५ गते देखि गर्मी विदा दिनु पर्ने उल्लेख छ । तर प्रधानाध्यापक कुवँरले भने असार १८ गते देखि साउन २ गते सम्म गर्मी विदाका लागि विद्यालय बन्द रहने सुचना गत शुक्रबार प्रकाशीत गरेका थिए । शिक्षा कार्यालयको निर्देशन विपरित असार १८ गते देखि गर्मी विदाका लागि विद्यालय बन्द गर्ने प्रधानाध्यापक कुवँरले गरेको निर्णयको त्यहा अध्यापनरत शिक्षक शिक्षिकाहरुले पनि असहमति जनाउदै चर्को विरोध गरेका छन् । विद्यार्थीहरुले पनि शिक्षा कार्यालयको निर्देशन विपरित प्रधानाध्यापक कुवँरले आफनो स्वार्थका लागि असार १८ गते देखि विद्यालय बन्द गरेको भन्दै आन्दोलन शुरु गरेका हुन् । विद्यालय अगाडिको सडकमा आइतबार बिहान सडकमै बसेर विरोध गरेका विधार्थीहरुले प्रधानाध्यापक कुवँरलाइ बर्खास्त गरि महिला प्रधानाध्यापक नियुक्त गर्न पनि माग गरेका छन् । प्रधानाध्यापक कुवँरले समय अगावै विद्यालय बन्द गर्दा आफुहरुको पठन पाठनमा असर परको , सरकारको निर्देशन विपरित विद्यार्थीहरुसंग मासीक शुल्क लिएको , नयाँ भर्ना भएका दुइ सय विधार्थीहरुसंग जनही पाँच सय ५० रुपैया भर्ना शुल्क असुली गरेको ,विद्यार्थीहरुलाइ थोत्रो पुस्तक वितरण गरेको ,छात्रवृति रकम पनि कट्टा गरि वितरण गरेको , गुनासो लिएर जादा प्रधानाध्यापक कुवँरले अपशब्द प्रयोग गरि दुव्र्यवहार गर्ने गरेको ,विद्यालयमा विभिन्न शीर्षकमा आएका बजेट हिनामिना गरेको आन्दोलनरत विधार्थीहरुले आरोप लगाएका छन् । कक्षा ९ मा अध्ययनरत छात्रा काजल खातुनले प्रधानाध्यापक कुवँरले आफनो स्वार्थका लागि शिक्षा कार्यालयको निर्देशन विपरित गर्मी विदाका लागि विद्यालय बन्द गर्दा आफुहरु मर्कामा परेको बताउनु भयो । उहाले विद्यार्थीको समस्याका बारेमा गुनासो गर्न जादा प्रधानाध्यापक कुवँरले विद्यालयबाटै निकालि दिने धम्की पनि दिने गरेको बताउनु भयो । कक्षा १० मा अध्ययनरत छात्रा आरती वर्णवालले प्रधानाध्यापक कुवरकोे दादागिरी विरुद्ध आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । प्रधानाध्यापक कुवँरले भने कक्षा ११ को शैक्षिक सत्र साउन महिना देखि सुरु हुने भएकाले आफुले असार १८ गते देखि गर्मी विदा दिने निर्णय गरेको बताउनु भयो ।नियम बिपरित दिइएको गर्मी बिदाको बिपक्षमा रहेका सहायक प्रधानाध्यापक अतुल श्रीवास्तवले भने कक्षा ११ को शैक्षिक सत्र पर्साका धेरै बिद्यालयहरुमा एकै मितीमा सुरु हुने भएकाले कन्या उच्च माबीमा मात्र समस्या पर्ने तर अन्य बिद्यालयमा समस्या नपर्ने प्रधानाध्यापक कुवरको सोचाई व्यक्तिगत फाईदाको लागि मात्र भएको बताउनु भयो । विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म झण्डै एक हजार ५० जना छात्राहरु मात्रै अध्ययनरत रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड