संघ र प्रदेश सरकारले वीरगन्जको संरचना बनाउन सहयोग गरेन्न —मेयर सरावगी




वीरगन्ज,१५ साउन । वीरगञ्ज महानगरपालिकाका नगरप्रुमख विजयकुमार सरावगीले संघ र प्रदेश सरकारले वीरगन्ज महानगरमा संरचनाहरु बनाउँदा समन्वय नगर्ने गरेको गुनासो गर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको माथिल्लो तलामा निर्माण गरिएको ‘सुरक्षित आवास गृह’ को आज उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले आवश्यकताको आधारमा संरचनाहरु बनाउनुपर्ने बताउँदै त्यसका लागि महानगरसँग समन्वय हुनु पर्नेमा जोड दिनुभयो ।

प्रदेश २ सरकारले सञ्चालन गर्दैै आएको ‘पोखरी सौन्दर्यीकरण’ कार्यक्रम प्रति कटाक्ष गर्दै नगरप्रमुख सरावग्लिे पोखरीको सौन्दर्यीकरण गर्ने भन्दा व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।वीरगञ्जका व्यवसायी संजय पटवारीको स्मृतिमा लेडिज सर्कल नेपालसँगको सहकार्यमा वीरगञ्ज लेडिज सर्कल–३ ले जिल्ला प्रहरी कार्यालय पर्सामा ‘सुरक्षित आवास गृह’ निर्माण गरिदिएको हो ।

हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई अस्थायी रुपमा राख्नका लागि बनाइएको आवास गृहको लेडिज सर्कल नेपालकी अध्यक्ष रश्मी दासले उद्घाटन गर्नु भएको हो ।पर्सामा महिला विरुद्ध हुने हिंसाबाट प्रभावित महिला न्यायका लागि सदरमुकाम वीरगन्ज आएपछि बस्नका लागि सुरक्षित स्थानको अभाव छ । प्रहरी कार्यालयमा आएका प्रभावित महिलालाई विभिन्न गैरसरकारी संघ संस्थाले खोलेको आवास गृहमा पठाउनु पर्ने बाध्यता छ ।

जसका कारण हिंसामा परेका महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पुग्न कठिनाइ हुने गरेको छ ।त्यसैले जिल्ला प्रहरी कार्यालय पर्साको तत्कालीन प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले लेडिज सर्कललाई सुरक्षितआवास गृह बनाईदिन आग्रह गरेको र उहाकै प्रयासमा हिंसामा परेका महिला बालबालिकाको सहयोगका लागि पर्सामा लैंगिक हिंसा निवारण सञ्जाल समेत गठन भएको छ ।

न्यायका लागि वीरगञ्ज आउने महिलाले सुरक्षित रुपमा बसेर कानुनी उपचार खोज्न सकुन् भन्ने उद्देश्यले ‘सुरक्षितआवास गृह’ बनाइएको अध्यक्ष दासले बताउनुभयो ।आवास गृह बनाउनकालागि हाल सम्म ६ लाख रुपैयाँ खर्च भईसकेको र बाँकी काम सम्पन्न गर्दा १२ लाख रुपैयाँसम्म खर्च हुने अनुमान लेडिज सर्कलले गरेको छ ।पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले आवास गृहले हिंसामा परेका महिला बालबालिकाको न्यायमा पहुँच बढाउने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान
मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,