संविधान संशोधनका लागि आएको नयाँ प्रस्ताव मोर्चालाइ मान्य छैन— तमलोपा प्रवक्ता श्रीवास्तव



चैत २९ तराइ मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय प्रवक्ता विमल श्रीवास्तवले संविधान संशोधनका लागि सरकारले ल्याएको नयाँ प्रस्ताव मधेसी मोर्चालाइ मान्य नभएको बताउनु भएको छ । वीरगन्ज स्थित आफनै निवासमा मंगलबारबिहान पत्रकार सम्मेलन गरि तमलोपाका नेता श्रीवास्तवले संशोधनको नयाँ प्रस्तावका विषयमा सरकारले मधेसी मोर्चासंग कुनै पनि छलफल नगरेकाले उक्त प्रस्ताव प्रति मोर्चाको सहमति नभएको बताउनु भयो । संविधान संशोधनको नयाँ प्रस्ताव सरकारको एकलौटी निर्णय भएको भन्दै श्रीवास्तवले मोर्चाको सहमति बेगर हुने संशोधनले कुनै अर्थ नराख्ने जिकिर गर्नु भयो । सरकार र ठूला तीन दल मधेसको मुद्धा प्रति गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको भन्दै उहाले सरकारले सधैभरि मोर्चालाइ वार्ताको नाममा अल्झाउने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । वीरगन्जका पुर्व मेयर समेत रहनु भएका श्रीवास्त्वले संविधान संशोधन गरेर निर्वाचन गरिए पार्टीको निर्णय अनुसार आफु फेरि पनि मेयरमा चुनाव लड्न तयार रहेको बताउनु भयो । पत्रकार सम्मेलनमा तमलोपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ , जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा लगायतको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान