संविधान संशोधनविनै निर्वाचन भए मुलुकमा महाभारत हुने– सदभावना अध्यक्ष महतो



चैत्र २२ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संविधान संशोधनविनै निर्वाचन गराए मुलुकमा महाभारत हुने बताउनुभएको छ । उहाँले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको मागप्रति सकारात्मक हुन सरकारलाई आग्रह गर्नुभयो । पार्टीद्वारा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाको माग पूरा भए एक ढिक्का भएर निर्वाचनमा सहभागी हुने समेत प्रष्ट पार्नुभयो । ‘संशोधनविना गरिने निर्वाचनले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ,’ महतोले भन्नुभयोे, ‘ हामी पनि निर्वाचन चाहन्छौ, तर पहिला संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्छ ।’ सीमांकनको विषयलाई तत्काल थाती राखेर निर्वाचनमा जाने चर्चा चलिरहेका बेला नेता महतोले त्यसको ठाडै अस्वीकार गर्नुभयो । उहाँले मधेसी मोर्चाको सहभागिताविना निर्वाचनको कल्पना पनि गर्न नसक्ने बताउँदै तीन दलले जे मन लाग्यो त्यही गर्न खोज्ने कार्य गलत रहेको बताउनुभयो । महतोले मोर्चाले समस्या समाधान चाहे पनि सरकारकै कारण सहमति हुन नसकेको आरोप लगाउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,