संविधान संसोधन नभए कुनैपनि हालतमा कहिले पनि मधेशमा चुनाव हुन सक्दैन– राजपा महामन्त्री श्रीवास्तव



जेठ २४ राम मण्डल÷बिन्दुभुषण साह
राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री विमल प्रसाद श्रीवास्तवले संविधान संसोधन विना स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुन नसक्ने दावी गर्नुभएको छ । वीरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुरमा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री श्रीवास्तवले एमालेको अडानका कारण संविधान संसोधन हुन नसकेको बताउदै एमालेकै हठका कारण असार १४ मा दोस्रो चरणको निर्वाचन हुन नसक्ने दावी गर्नुभयो । उहाले मधेशमा चुनाव भन्दा पनि मधेशी जनताले अधिकार चाहेको बताउदै संसोधन विना चुनाव गराउन खोजे बहिस्कारको लागि तयार रहन आग्रह गर्नुभयो ।नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारसंग भएको ३ बुँदे सहमती कार्यवन्यन भए मात्र राजपा निर्वाचनमा सहभागि हुने बताउनुभयो । राजपाका नेता जगदिश साह तेलीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि जगरनाथपुरका शिवजी ठाकुर , राजा यादव चानसी राउत बरै ,महादेव ठाकुर ,रामबावु चौरसिया ,शम्भु राउत कुर्मी ,दुखी मिया ,जगरनाथ राउत अहिर, अम्बिका साह तेली लगायत २५० जना राजपामा प्रवेश गरेको नेता धामु शर्माले बताउनुभयो ।नव प्रवेशीहरुलाई महामन्त्री विमल प्रसाद श्रीवास्तवले टिका तथा फुलमाला लगाएर पार्टीमा भित्रयाउनुभयो । कार्यक्रममा महासचिव कदम रसुल मियाँ , सचिव सुरेन्द्रनाथ तिवारी , केन्द्रिय सदस्य जनार्दन यादव,शशिकपुर मिया किशोरी यादव ,रम्तुलाह खान, ,देवाननद यादव पर्सा जिल्ला अध्यक्ष मण्डलका संयोजक पुरुषेतम झा, विरेन्द्र यादव मुसतकिम अंसारी जिल्ला सचिव चन्दन मिश्रा ,धर्मेन्द्र पटेल, धामु शर्मा लगायतका नेताहरुले संवोधन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव श्रीराम जी गिरीले गर्नुभएको थियो । यसैबीच स्थानिय तहको दोस्रो चरणको निर्वाचनको बिरोधमा राष्ट्रीय जनता पार्टीले वीरगञ्ज महानगरपालिका वडा न. ३ छपकैयामा आन्दोलन परिचालन कमिटी गठन गरेकोे छ । पार्टीको केन्द्रिय निति अनुसार छपकैयामा अब्दुल कलाम मियाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको नगर अध्यक्ष ओम प्रकास सर्राफले बताउनुभयो । पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्यमा सम्पन गठन कार्यक्रममा नगर अध्यक्ष सन्जु छतकुलि ,नगर उपाध्यक्ष अनवर हुसेन लगायतको उपस्थिति रहेको थियो । यसैगरि पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.ं७ मा बुधबार राजपा नेपालले पार्टी प्रवेश तथा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरीको प्रमुख आतिथ्य तथा अमर सिंह राठौरको अध्यक्षतामा भएको कार्यक्रममा भिखारी देवान , मुकिल मिया,असलम मिया ,जान मिया हवारी ,चुलाई देवान ,तैयव आलम ,बच्चा मिया ,सदरे आलम लगायत १२०जनाले एमाले र कांग्रेस परित्याग गरि राजपामा प्रवेश गरेको पार्टीका जिल्ला सचिव श्रीरामजी गिरीले जानकारी दिनुभयो । बुधबार नै भिखारी देवानको अध्यक्षतामा २१ सदसिय आन्दोलन परिचालन समिति गठन समेत गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान