सरकारले वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरेपछि नगरवासी हर्षित



जेठ ९ सरकारले वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरेपछि नगरवासी खुशी भएका छन् ।सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले वीराटनगर सहित वीरगन्ज उपमहानगरपालिकालाइ महानगरपालिका बनाउने निर्णय गरेको हो । लामो समय देखिको प्रतिक्षा पछि सरकारले वीरगन्जलाइ महानगरपालिका घोषणा गरेपछि नगरवासी खुशी भएका हुन् । वीरगन्जलाइ महानगरपालिका बनाउने सरकारको कदम एकदमै सराहनीय भएको वीरगन्जका उद्योगी एंव समाजसेवी विजय सरावगीले बताउनु भयो । वीरगन्जलाइ महानगर बनाउन याहाका उद्योगी व्यपारी , दलका नेता , नागरिक समाज सबैले पहिले देखि नै सरकारलाइ दबाब दिदै आएको भन्दै उहाले लामो समयको प्रतिक्षा पछि वीरगन्ज नगरवासीको चाहना बल्ल आएर पुरा भएको बताउनु भयो । वीरगन्जलाइ महानगर बनाउने सरकारको घोषणाले अब मधस प्रदेशको राजधानी वीरगन्जलाइ नै बनाउनका लागि थप बल पुगेको भन्दै उहाले आगामी बजेटमा वीरगन्ज महानगरका लागि सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनु भयो ।राष्ट्रिय जनता पार्टीका युवा नेता ओम प्रकाश सर्राफले पनि वीरगन्जलाइ महानगरपालिका घोषणा गर्ने सरकारको निर्णय वीरगन्जका लागि ऐतीहासीक सफलता भएको टिप्पणी गर्नु भयो । महानगरवासी बन्न पाउनु वीरगन्जवासीका लागि गौरवको कुरा भएको भन्दै उहाले वीरगन्जलाइ स्मार्ट सिटी बनाउने आफुहरुको सोचमा सरकारको पछिल्लो निर्णयले थप बल पुरयाउने बताउनु भयो । सामाजिक अभिन्यता सरदार जसपाल सिंहले पनि वीरगन्जलाइ महानगरपालिका बनाउने सरकारको निर्णयले वीरगन्जवासी निकै हर्षित भएको बताउनु भयो । तर वीरगन्ज नगरवासीको रहन सहन , बानीव्यवहोरा , सरसफाइ सबै कुरा महानगरवासीको जस्तो हुनु पर्ने उहाको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन