सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको एमालेका बरिष्ठ नेता नेपालको भनाई



म्ंसिर २९ बीरगञ्ज
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कामचलाउ भईसकेको सरकारले गरेको निर्णय मान्न बाध्य नहुने बताउनुभएको छ । उहाँले कुनै नियुक्ती गर्नैपर्ने संवैधानिक वाध्यता भएपनि छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभयो । ‘बाम गठबन्धनले स्पष्ट बहुमत ल्याईसकेको छ । अब दुई तिहाई बहुमत तर्फ अघि बढी रहेको छ । पहिलो काम एमाले माओवादी एकीकरणको पक्रिया अघि बढाउने हो, दोस्रो भनेको सरकार गठनको काम हुन्छ ।’ उहाँले भन्नुभयोे ‘ देउवा नेतृत्वको सरकारले कुनैपनि नियुक्ती, सरुवा, बढुवा गर्न मिल्दैन, गर्नैपर्ने संवैधानिक बाध्यता छ भने पनि सरकार बनाउने तयारीमा रहेको बाम गठबन्धनसँग सल्लाह गरेर गर्नुपर्छ, अन्यथा निर्णय मान्न बाध्य हुने छैनौं । ’ तर सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको भन्दै उनले यसबारेमा छलफल भईनसकेको बताउनुभयो । उहाँले बाम गठबन्धनको सरकार तानाशाही हुने भनेर फैलाईएको अफवाह मात्रै भएको पनि बताउनुभयो । ‘ जसले जनताको अधिकार दिलाउनका लागि संघर्ष गरेको छ, जनताको अधिकार खोस्ने कुरा परिकल्पना पनि गर्न सकिन्न । तानाशाही लादने कुरा अफवाह हो । ’ उहाँले भन्नुभयोे ‘ दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध बनाएर हातेमालो गर्दै अगाडी बढ्ने सोचमा हामी छौं ।’ कसैबाट उत्प्ररित भएर नभई देशको आवश्यकता, जनता र कार्यकर्ताहरुको चाहना र भावना अनुसार गठबन्धन हुँदै एकता तर्फ अघि बढेको भन्दै उहाँले देशलाई कुपोषणबाट मुक्त गरेरै छोड्ने बताउनुभयो । ‘ बाम गठबन्धनले घोषणा पत्रमा पनि सन्तुलीत, सही र समष्टीगत पक्षलाई समेटेको छ, त्यही सोचलाई लागु गरेको खण्डमा नै देशमा कायापलट हुन्छ ।’ उहाँले भन्नुभयोे ‘ काँग्रेसले पटक पटक अवसर पाएर पनि केहि गर्न सकेन, गठबन्धन बनाएर पनि सफल भएन, हामीले सबैलाई समेटेर लचिलो भएर गठबन्धन बनायौं ।’ बरिष्ठ नेता नेपालले भन्नुभर्यो त्यसैले हामी अहिलेको अवस्थामा आईपुगेका छौं, प्रदेश र प्रतिनीधि सभा निर्वाचन मार्फत हामी अब अग्नि परीक्षामा होमीईसकेका छौं । उतिर्ण हुने चुनौति कठिनाईहरु प्रशस्त छन् । त्यसलाई पार गर्नुपर्छ । ’ उहाँले जित्नु ठूलो नभएर जीतपछिको जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । राजनीतिक क्रान्तिका लागि विगतमा देखाए जस्तै गरि मुलुकमा आर्थिक क्रान्तिका लागि त्याग, निष्ठा र सर्मपणको आवश्यकता रहेको बरिष्ठ नेता नेपालको भनाई छ । महाकवी लक्ष्मी प्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने जस्तै बाम गठबन्धनले सपना देखेको र त्यसलाई पुरा गर्ने दावी उहाँले गनुभयो । ‘ तपाईहरु ढुक्क हुनुस, हामी विकास र समृद्धिको बलियो जग बनाउँछौं, जग मात्रै होईन बलियो घरहरु पनि बनाउँछौं, भ्रष्टाचार जन्य कुशासनका रोगहरुबाट मुक्त बनाउँछौं ।’ नेता नेपालले अगाडी भन्नुभयोे ‘ तराई मधेसको विकासका लागि हुलाकी राजमार्गमा १० वटा नयाँ शहर बनाउने योजना अघि सारेका छौं । सडक, रेल निर्माणको महान अभियान सञ्चालन गर्छौ, उत्तर दक्षिण सडकहरु बनाउँछौं । ८० हजारलाई रोजगारी दिलाउँछौं ।’ उहाँले नेपालमा २० हजार आम्दानी गर्न सकिने अवस्था हुँदा हुँदैपनि १० हजारका लागि मलेशिया जाने मनोविज्ञानमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड